महासंघमा लगायतको तालाबन्दी सहमतीमै खोल्न पत्रकार नेताहरुको जोड

 आवाज संवाददाता     २२ माघ २०७३, शनिबार

नेपाल पत्रकार महासंघ दोलखा शाखामा डेढ महिनादेखि लगाएको ताला सहमतिमै खोल्न पत्रकार नेताहरुले जोड दिएका छन् । प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी जिल्ला शाखा दोलखाले शनिवार विहान आयोजना गरेको शुभ कामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा छलफलकै माध्यमबाट समास्याको समाधान खोज्नु पर्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य चिरञ्जीवी मास्केले नेपाल पत्रकार महासंघ दोलखाका देखिएको विबाद तत्काल अन्त्य हुनु पर्नेमा जोड दिए । सदस्यता नभएका व्यक्तिहरुलाई छलफलका आधारमा सदस्यताबाट विवाद समाधान गर्नुपर्ने बताए ।
सदस्यता नपाएको भन्दै नेपाल प्रेस युनियन दोलखाले नेपाल पत्रकार महासंघको कार्यालयमा गरेको तावाबन्दीले महासंघ दैनिक कार्य सञ्चालनमा बाधा पुगेको भन्दै तत्काल ताला खोली वार्ता मार्फत समस्या समाधानको खोजी गर्न मास्केले आग्रह गरे ।

यसै गरी नेपाल पत्रकार महासंघका दोलखा शाखाका अध्यक्ष उद्धव पोखरेलले पनि महासंघ दोलखाको हालै सम्पन्न जिल्ला कार्य समितिको बैठकले समेत ताला खोल्न आग्रह गरिएको हुँदा यथाशिघ्र ताला खोली समस्या समाधान गर्न प्रेस युनियनलाई आग्रह गरे। सो अवसरमा वहाँले सदस्यता सिफारिस गर्ने समय हुँदा हुदै प्रेस युनियनले तालाबन्दि गरेका कारण नयाँ सदस्यता सिफारिस गर्न नसकिएको बताए ।
यसैगरी नेपाल पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष राजेन्द्र मानन्धरले पत्रकार महासंघलाई राजनीतिक केन्द्र नबनाउन आग्रह गरे। सामुदायिक रेडियो प्रसारक संघका केनद्रीय कोषाध्यक्ष तथा प्रेस सोसाइटी नेपालका सचिव लक्ष्मण खड्काले पत्रकार महासंघमा देखिएको समस्या वार्ता मार्फत मात्र समाधान हुने भएकोले वार्तामा जुट्न आग्रह गरे।

प्रेस युनियन दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई महसंघले सदस्यता नदिंदा महासंघमा तालाबन्दी गर्नु परेको बताए । प्रेस सोसाइटी नेपालका केन्द्रीय सदस्य तथा दोलखा संयोजक दिलबहादुर केसीले अरुको कार्यालयमा लागेको तालाबन्दीको सोधीखोजी गर्ने पहकारहरुले आफ्नै कार्यालयमा लगायको तालाबन्दीको निकास दिनुपर्नेमा जोड दिए ।
पत्रकार महासंघमा प्रेस युनियनले गत पुस ८ गतेदेखि तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघले मध्यमाञ्चल जिल्ला शाखाहरुको अधिवेशन आगामी फागुन १७ गतेलाई तोकेको छ । चौतारीको स्थापना दिवसको अवसरमा एमाले दोलखाका उपाध्यक्ष नरबहादुर श्रेष्ठ, प्रचार विभाग प्रमुख धर्मेन्द्र मोक्तान, आर्थिक विभाग प्रमुख जिवसराज खड्काले समेत शुभकामना व्यक्त गरे ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।