संगठनात्मक समस्याहरु र समाधान

 आवाज संवाददाता     २४ माघ २०७३, सोमबार

डिलाराम आचार्य

 

हाम्रो उद्देश्य
 हाम्रो उद्देश्य सचेततापूर्वक समाजलाई असल समाजमा रुपान्तरण गर्नु नै हो । हामी कम्युनिस्टहरु मालेमावादको सारतत्वलाई हाम्रो विशेषतासहित हाम्रो समाजमा वा भनौँ आजको विश्वमा लागू गर्न चाहन्छौँ । हाम्रो आस्था, ज्ञान, सैद्धान्तिक धारणा र हाम्रो राजनीतिक उद्देश्यलाई व्यवहारिक रुप दिने एक निर्विकिल्प साधन संगठन हो । जुन संगठनको बलमा हाम्रो वरिपरि जरा गाडेर बसेका सबै प्रकारका विभेदहरुको अन्त्य र समानता, न्यायमा आधारित समाजको स्थापना गर्ने कार्य नै मुख्य कार्यभार हो । त्यसैका शृंखलाहरु पार गर्दै जाने क्रममा विभिन्न खालका प्रयासहरु (प्रयोग) गर्दै आएका छौँ । र, अटुट रुपमा गरिरहेका छौँ र गरिरहने छौँ ।

साध्य होइन, साधन
 पार्टी संगठन आफैमा साध्य होइन । बरु समतामुलक समाज निर्माणको साधन हो । कहीं न कहीं पार्टी संगठनलाई नै साध्य ठान्ने दृष्टिकोणहरु पनि हाम्रो पार्टीभित्र विद्यमान छन् । त्यसमा प्रष्टताको आवश्यकता छ । हाम्रो क्रान्तिकारी उद्देश्य पूरा गर्नका निम्ति बनीबनाउ संगठन पाउन सम्भव हुने कुरा होइन । त्यसको स्थान हाम्रो तत्कालीन आवश्यकता, संघर्षको स्वरुप, आर्थिक सामाजिक परिवेशहरु, समाजमा विद्यमान अन्तरविरोधहरुको सापेक्षतामा संगठनहरुको निर्माण र परिचालन हुँदै आएको छ । र, गर्दै जानुपर्दछ ।

विशाल छौँ, तर अलमलिएका
 आज सिंगो पार्टी र हाम्रो वर्गको निम्ति यो गर्वको कुरा हो कि हामीसँग लाखौँ लाखको संख्यामा पार्टी सदस्यहरु छन् । हजारौँको संख्यामा कम्युनिस्ट पार्टीका नेताहरु छन् । दर्जनौँ वर्गीय, जातीय र पेशागत संगठन छन् । तर, यो तागतलाई हामीले पार्टीको समग्र हितमा, हाम्रो वर्गको समग्र हितमा र हाम्रो क्रान्तिकारी कार्यदिशालाई अगाडि बढाउन एकरुपताका साथ योजनाबद्ध किसिमले परिचालन गर्न सकिरहेका छैनौँ । त्यसले यसप्रकारको स्कूल कार्यशालाहरुको माध्यमबाट हाम्रो सोंच्ने, गर्ने तरिकामा एकरुपता ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछन् । क्षमताहरुको केन्द्रीकरण, ज्ञान र सिपहरुको केन्द्रीकरण गरेर नै हाम्रो कार्यकुशलतामा अझ बढी निखार ल्याउन सम्भव हुनेछ ।
संगठन, एक महत्वपूर्ण सैद्धान्तिक कार्य
 हाम्रो आन्दोलनमा संगठनको कामलाई सामान्य प्राविधिक काम भनेर बुझ्ने पनि गरिएको छ । तर, कम्युनिस्ट आन्दोलनमा संगठनको काम गम्भीर सैद्धान्तिक र राजनीतिक कार्य हो । संगठनको मामिलालाई सैद्धान्तिक, राजनीतिक दृष्टिकोणको स्वाभाविक अभिव्यक्तिको साधानको रुपमा बुझिनु पर्दछ । हामीले कस्तो सैद्धान्तिक राजनीतिक दृष्टिकोणको आधारमा संगठनको निर्माण गर्छौँ भन्ने कुराले संगठनको अवस्था निर्धारण गर्दछ ।
राजनीतिक र संगठनको बीचमा अन्तरविरो
 हाम्रो पार्टीमा राजनीतिक र पार्टी सगठनको बीचमा कैयौँ अन्तरविरोधहरु छन् । संगठनहरु क्रमशः सुधारवादी, यथास्थितिवादी प्रकारका बन्दै गइरहेका छन् । जबकि हाम्रो राजनीतिक कार्यदिशाले जनवादी क्रान्तिका कार्यभार पूरा गर्दै समाजवादी आन्दोलनको अगुवाई गर्ने संगठनको माग गर्दछ । त्यस कारण राजनीतिक कार्यदिशाको माग अनुसारको पार्टी संगठन निर्माणमा जोड दिनुपर्ने आवश्यकता छ ।
 हामीले गम्भीर रुपमा ध्यान पु¥याउनुपर्ने विषय राजनीतिक प्रतिवादको समस्या हो । हाम्रा नेता कार्यकर्ता या सदस्यहरुको घरभित्रै हाम्रो पार्टीमाथि राजनीतिक हमला हुन्छ । नेताहरुलाई खुइल्याइन्छ, सरकारविरुद्ध जेहाद छेडिन्छ । समग्रमा हाम्रो आन्दोलनलाई बद्नाम गर्ने अभियानहरु चलिरहेका छन् । तर हाम्रो पंक्तिले ती प्रश्नहरुको प्रतिवादन गरिरहेको छैन । त्यसरी हाम्रो अघिल्तिर नै हाम्रो आन्दोलनमाथि नकारात्मक प्रश्न उठाउँदा हाम्रो पार्टी सदस्यहरु मुकदर्शक बन्ने अवस्थाले हामी कतै राजनीतिक विघटनतिर जाँदैछौँ कि भन्ने नकारात्मक सन्देश प्रवाह भइरहेको छ । यो अवस्थामा सुधार ल्याउन ठोस पहल लिनुपर्ने आवश्यकता छ ।
पार्टी संगठन
 आवश्यकता क्रान्तिकारी संगठनको, अवस्था सुधारवादी संगठनको व्यवस्था कार्यदक्षताको कमी र सीमाहरु, योग्यता क्षमताहरुको केन्द्रीकरण, नकारात्मक पक्षहरलाई निरुत्साहित
 लेवी आर्थिक स्रोतहरुको कमी छैन । तर केन्द्रीकरण र विश्वसनियताको समस्याहरु छन् । विश्वसनियताको वातावरण सिर्जना गर्नुपर्छ ।
 बैठकहरु योजनाबद्ध रुपमा पूर्व तयारीका साथ तर सामूहिक रुपले सञ्चालन गर्नुपर्छ ।
 कमिटीको सर्वोच्चता स्थापित गर्नुपर्दछ, व्यक्तिको होइन, सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको नीतिलाई कडाईपूर्वक लागू गरिनुपर्छ ।
 पार्टी संगठन समग्रको नेतृत्व गर्नुपर्दछ । एकांकी होइन ।
 सबै काम एक्लै गर्न खोज्ने, प्रवृत्ति सक्रिय अराजकतावादी प्रवृत्ति हो । यसले कामहरु व्यवस्थित हुँदैनन् । सबैतिर भद्रगोल पैदा हुन्छ । त्यसैले उपयुक्त कार्यविभाजन र सदस्यहरुको व्यक्तिगत उत्तरदायित्वलाई स्थापित गर्नुपर्दछ ।
 अर्धअराजकताको स्थिति अन्त्य गर्नुपर्दछ । गोपनीयतामा जोड दिनुपर्दछ ।
 सबै प्रश्नहरुमा माथिल्लो कमिटीको मुख हेर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्दछ ।
 स्थान विशेषको संघर्ष, संगठनका कामहरुमा रचनात्कतामा जोड दिनुपर्दछ ।

मोर्चा संगठन
 हामीसँग दर्जनौँ जबस, जातीय मोर्चा, व्यवसायिक वा सामाजिक मोर्चा संगठनहरु छन् । तर तिनीहरुको सञ्चालनको बारेमा समुचित तत्कालीन नीतिहरुको अभाव छ । सबै जनसंगठनहरुले पार्टी तहको समानान्तर कामहरु गरिरहेका छन् । सबैका क्रियाकलापहरुलाई पार्टीप्रतिको जवाफदेहीता स्थापित गर्नुपर्दछ ।
 मोर्चाहरुले पार्टीको जनाधारको विस्तार, राजनीतिक प्रभावको विस्तार र पार्टीमा नयाँ पार्टी सदस्यको भर्तिको निम्ति आधार तयार पार्ने कार्य गर्नुपर्ने हो । त्यसो हुने सकेको छैन । यसमा सुधार गर्नुपर्नेछ ।
 आफ्नो मागहरुको पक्षमा सधै जनमत तयार पार्ने पहल लिइरहने ।
 लैगिक, वर्गीय, पेशागत, व्यवसायिक र सामाजिक संगठन वा उत्पीडित पक्षहरुको अधिकारको पक्षमा लगातार संघर्षको पहल लिनुपर्दछ । सँगै संगठन विस्तारमा पनि जोड दिनुपर्दछ ।
 मोर्चा संगठनहरुमा सतप्रशित पार्टी सदस्य बस्ने परम्पराको अन्त्य गर्नुपर्दछ । र, पार्टीबाहिरका नागरिकहरुलाई पनि हरेक तहको मोर्चा संगठनमा सामेल हुने निश्चित गर्नुपर्दछ ।
 मोर्चाहरुले तत्कालीन जनताका मुद्दाहरुको पक्षमा संघर्ष गर्ने साधानको रुपमा विकास गर्नुपर्दछ ।
संघर्ष
 तत्कालीन काम र दीर्घकालीन कामको महत्वबारे आम पार्टी सदस्यहरुलाई प्रष्ट पार्ने ।
 तत्कालीन कामको कुशल व्यवस्थापनको साथै दीर्घकालीन राजनीतिक उद्देश्यहरुको निम्ति चेतना जगाउँदै निरन्तर प्रशिक्षित गर्नुपर्दछ । त्यसले सदस्यहरुमा स्वप्नदर्शिताको विकास हुन्छ । र, क्रियाशीलता बढाउँछ ।
 पार्टी मोर्चा आफैले वा विभिन्न पक्षहरुसँग मिलेर स्थानीय वा जिल्ला स्तरीय मुद्दाहरुमा निरन्तर संघर्षमा जोड दिनुपर्दछ ।
 राजनीतिक मुद्दाहरुमा प्रतिवादलाई तीव्रता दिनुपर्दछ । र, क्रमशः आक्रात्मकशैली अपनाउनुपर्दछ ।
 स्थानीय मुद्दाहरुको पहिचान, परिचालनबारे सम्बन्धित तहमा प्रशिक्षण र तालिमको व्यवस्थापन गरिनुपर्दछ ।
 संगठन, संघर्ष र व्यवस्थापनको दृष्टिबाट उदाहरणीय क्षेत्रहरुको निर्माण गर्नुपर्दछ । तीन क्षेत्रहरुलाई जिल्ला वा प्रदेशले प्रशिक्षण केन्द्रको रुपमा विकास गर्नुपर्दछ ।

(आचार्य नेकपा माओवादी केन्द्रका नेता हुन्)

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF