दोलखामा २१ दल निर्वाचनका लागि दर्ता

 आवाज संवाददाता     २४ माघ २०७३, सोमबार

मन्दिरा बस्नेत
दोलखा २४ माघ
सरकारले स्थानीय तहको निर्वाचनको तयारी गरिरहेका बेला दोलखमा २१ राजनैतिक दलले निर्वाचन कार्यालयमा दल दर्ता गरेका छन् । निर्वाचन आयोगले गत माघ १७ गतेसम्म दल दल दर्ताको सिमा तोकेपछि ति दलले जिल्ला निर्वाचन कार्यालय चरिकोटमा आफ्नो दल दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय चरिकोटका निमित्त प्रमुख लेखबहादुर बस्नेतका अनुसार अहिलेका ठूला राजनैतिक दल सहित केही साना दलले समेत आफ्नो नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालयमा दर्ता गराएका आधारमा आगामी निर्वाचनका लागि तिनै २१ दलले प्रतिस्पर्धा गर्न पाउनेछन् । यस अघि दोस्रो संविधान सभा निर्वाचन अघि दोलखामा २४ दलले दर्ता गराएका थिए ।
पmोटो सहितको मतदाता नामावली अद्याावधि समय मंसीर ५ गतेबाट पौष ७ गतेसम्म विभिन्न सञ्चालन भएकोमा २ हनार ३६ जना थप भएका छन् । यसभन्दा पहिले १ लाख ३२ हजार ९ सय जना थिए । गत कात्तिक मंसिर र पौषमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको विवरण अनुसार १ हजार १०१ जना थिए । अहिलेसम्मको मतदाता नामावलीमा १ लाख ३६ हजार ०३७ जना छन् । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आउनेहरुका लागि त्यही फोटो सहितको मतदाता नामावली भर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन कार्यालयमा दर्ता भएका दलहरु
संघीय समाजवादी फोरम नेपाल,
राप्रपा,
नयाँ शक्ति पार्टी नेपाल,
नेकपा एमाले,
नेकपा माले,
राष्ट्रिय यथार्थवादी पार्टी,
लोकतान्त्रिक पार्टी,
जनप्रजातान्त्रिक पार्टी नेपाल,
लिवरल डिमोके्रटिभ पार्टी,
राष्ट्रिय मुक्ति आन्दोलन पार्टी,
नेपाली काङ्ग्रेस,
नेपाल समावेशी पार्टी,
चुरेभावर राष्ट्रिय एकता पार्टी,
नेकपा माओवादी केन्द्र,
नेपाल कम्युनिष्ट पार्टी माक्सवादी,
गान्धिबादी पार्टी नेपाल,
नेकपा माले जनसमाजवादी,
चुरेभावर लोकतान्त्रिक पार्टी,
राष्ट्रिय जनमोर्चा, नेपाली जनता दल,
युनाईटेड ग्रिन अरगनाईजेशन ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।