राप्रपाको अध्यक्षमा सुन्दर खड्का निर्विरोध

 आवाज संवाददाता     २५ माघ २०७३, मंगलवार

दोलखा, माघ २५/राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको पार्टी एकतापछिको पहिलो जिल्ला अधिवेशनले सुन्दरप्रकाश खड्काको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले सदस्यहरुमा बलबहादुर तामाङ, देवेन्द्रनारायण प्रधान, तीर्थबहादुर केसी, नवराज श्रेष्ठ, प्रेमबहादुर केसी, देवकी बुढाथोकी, किराण् खड्का, पुष्प गोले, रामबहादुर लामा, राधाकृष्ण मग्राती, पदमबहादुर तामाङ, मञ्जुले जिरेल, लक्ष्मीप्रसाद काफ्ले, लालबहादुर खुलाल, रामबहादुर तामाङ निर्वाचित भएका छन् । त्यसैरी अधिवेशनले रुपमान तामाङ, जितबहादुर खड्का, कृष्णबहादुर कार्की, शोभित उप्रेती, हिराकाजी घिसिङ, भाष्कर पाण्डे, पूर्णबहादुर थापा, निमा मोक्तान, शिव केसी, भानुभक्त शिवाकोटी, बेलकुमारी मोक्तान, चानुराज शर्मा फुयाल र यज्ञध्वज खड्कालाई निर्वाचित गरेको छ ।
निर्वाचितहरुलाई दोलखाका लागि प्रमुख निर्वाचन आयुक्त राजनबहादुर शिवाकोटीले प्रमाणपत्र प्रदान गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।