कतारमा मृत्यु हुनेको परिवारलाई राहत रकम हस्तान्तरण

 आवाज संवाददाता     २६ माघ २०७३, बुधबार

दोलखा २६, माघ

वैदेशिक रोजगारीमा गएका दोलखा झ्याकु घर भएका आङदावा शेर्पा र लापिलाङ घर भएकी बिन्दु थामीको कतारमा मृत्यु भएपछि मृतकको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।
इन्टरनेशनल कोर्अिर्डनेशनमा जम्मा भएको रकम मध्ये आङदावा शेर्पाको परिवारलाई तीस हजार र बिन्दु थामीको परिवारलाई बिस हजार प्रदान गरिएको हो । इन्टरनेशनल कोअर्डिनेशन सोसाइटीका अध्यक्षले आङदावा शेर्पाको श्रीमतीलाई र बिन्दु थामीको आमालाई रकम हस्तान्तरण गरेका हुन् ।


इन्टरनेशनल कोअर्डिनेशन सोसाइटी दोलखाका अध्यक्ष हरिबहादुर खत्रीका अनुसार आङदावा शेर्पाको मृत्यु २६ बर्षको उमेरमा कतारमा भएको थियो । शेर्पाको मृत्यु दशैँको दशमीको दिन हृदयघातको कारणले भएको थियो भने बिन्दु थामीले २८ बर्षको उमेरमा आत्महत्या गरेकी थिइन् ।
इन्टरनेशनल कोअर्डिनेशन सोसाइटीका महासचिवका कुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाँदा अरुको लहैलहैमा नजान आग्रह समेत गरे । अङ्ग्रेजी बोल्न नजान्ने मानिस वैदेशिक रोजगारीमा जानु नहुने र यदि गएमा विदेशमै अलपत्र पर्ने तथा विभिन्न समस्याहरु आउने उनको धारणा थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF