स्ववियू निर्वाचन नजिकीदै गर्दा गौरीशंकर क्याम्पसमा पुनः तालाबन्दी

 आवाज संवाददाता     २७ माघ २०७३, बिहीबार

चरिकोट, २७ माघ
दोलखाको एक मात्र बहुमुखी क्याम्पस गौरीशंकर बहुमुखी क्याम्पसमा विद्यार्थीले लगाएको तालाबन्दी खुर्लेक अर्को दिन पुनः तालाबन्दी भएको छ । स्ववियू निर्बाचनमा क्याम्पसमा प्रशासनले एक पक्षीय ढंकल काम गरेको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका हुन् । विद्यार्थी संगठनहरुले तालाबन्दी गरेपछि त्यसको असर भने त्यहाँ अध्ययनरत सयौं विद्यार्थीहरु प्रभावित भएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ र माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी बिद्यार्थी संगठनले गते २० गते ताला लगाएको थियो । नेबि संघ र अखिल क्रान्तिकारीले लगाएको ताला बुधबार मात्रै बिभिन्न सहमति गरेर खुलेको थियो ।


बुधबार मात्रै खुलेको ताला आज पुन बिप्लब माओवादी माओबादीको विद्यार्थी संगठनले पुनः ताला लगाएको छ ।
बिप्लब निकट बिद्यार्थी संगठनका नेताहरुले स्ववियू निर्वाचनका नाममा क्याम्पसमा मनपरीतन्त्र मौलाएकाले देशभरको कार्यक्रम अनुसार दोलखामा पनि तालाबन्दी गरेको बताए । त्यसैगरी विप्लव माओवादीको महाधिवेशनको विप्लवका कार्यकर्ताहरुले अवसरमा बजारमा प्रचारका लागि पोष्टर समेत टाँसेका छन् । विप्लव माओवादीले फागुन १ गते काठमाडौं खुल्ला मञ्चमा उद्घाटन सत्र र रोल्पाको थवाङमा बन्द सत्र गर्ने कार्यक्रम रहेको नेकपा माओवादी विप्लव दोलखाका सचिव अर्नुन योगीले जानकारी दिए । महाधिवेशनले विप्लव माओवादीको पार्टीको नाम समेत परिवर्तन गर्ने तयारी गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF