नयाँ शक्तिको दोलखा–काठमाडौं सम्पर्क मञ्च गठन

 आवाज संवाददाता     २९ माघ २०७३, शनिबार

नयाँ शक्ति नेपाल पार्टीको दोलखा–काठमाडौं सम्पर्क मञ्च गठन भएको छ । शनिबार पार्टी मुख्यालय बबरमहलमा भएको भेलाले बलराम अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय सम्पर्क मञ्च गठन गरेको हो ।
सम्पर्क मञ्चको सह संयोजकमा सन्तोष खड्का र मञ्जु तमाङ रहेका छन् । त्यसैगरी सचिवमा अनिल रिमाल, सह सचिव नारायणी घिमिरे र कोषाध्यक्षमा महेश तमाङ रहेको नयाँ शक्ति नेपाल दोलखाका संगठन विभाग प्रमुख केशव चौलागाईले जानकारी दिए ।


सम्पर्क मञ्चमा अशोक कार्की, रामचन्द्र अधिकारी, कमला मोक्तान, सर्मिला जिरेल, हरिराम रिमाल, गोरे चर्माकार, विष्णु दाहाल, केदार खड्का, श्याम श्रेष्ठ, मिरा शर्मा, देवेन्द्र बस्नेत, कुमार थपलिया, सुजन थपलिया, गोविन्द खड्का, प्रकाश घिसिङ, मानबहादुर तमाङ जीवन सुनुवार, शिवहरि थापा लगायत सदस्य रहेका छन् ।
कार्यक्रममा नयाँ शक्ति नेपालका सम्पर्क मञ्च संयोजक विरेनद्र पोखरेल, विदुर चौलागाई, पार्टीका ३ नं. प्रदेश संयोजक गंगा श्रेष्ठ, मुक्ति प्रधान, कल्पना धमला दोलखा संयोजक तथा उत्प्रेरक रविन्द्र कार्की, भक्त थोकर, वैकुण्ठ भण्डारी लगायतको उपस्थिति थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF