जोखिममा परेका बालबालिकालाई पत्रकारको सहयोग
आवाज संवाददाता २९ माघ २०७३, शनिबार
दोलखा, २९ माघ/जोखिममा परेका बालबालिका तथा महिलाहरुलाई पत्रकार राजनबहादुर शिवाकोटीका पिता स्वर्गीय वीरध्वज शिवाकोटीको वार्षिकीका अवसरमा न्यानो लुगा वितरण गरिएको छ ।
आज विहान आवाज नेपालको संरक्षणमा रहेका उनीहरुलाई प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले उनीहरुलाई कपडा तथा खानेकुरा वितरण गरेका हुन् । आवाज नेपालको व्यवस्थापनमा विभिन्न कारणले जाखिममा परेका ११ जना बालबालिका तथा महिलाहरु रहेका छन् । कार्यक्रममा आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीले जोखिममा परेका बालबालिका तथा महिलाहरुका लागि गर्दै आएको सहयोगको चर्चा गरेकी थिइन् ।
स्वर्गीय वीरध्वज शिवाकोटीको ८६ वर्षको उमेरमा गतवर्ष निधन भएको थियो ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।