सरकारले चन्दलाई आइजीपी बनाउने निर्णय गरे तापनि सिलवाललाई सुशिलाको साथ

 आवाज संवाददाता     १ फाल्गुन २०७३, आईतवार

काठमाडौं, १ फागुन । आइतबार बिहानै मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीका डिआईजी जयबहादुर चन्दलाई आईजिपी बनाउने गरी गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रधान न्यायाधिश शुसिला कार्की एकल इजलाशले यस्तो आदेश दिएको हो । गत शुक्रबार नै सरकारले यस्तो निर्णय गर्ने अभ्यास चलिरहेको बेला अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट दायर गरेका थिए ।
ढकालले बरियता मिचेर तिन नम्बरमा रहेका चन्दलाई आईजिपी बनाउन खोजिएको भन्दै रिट दायर गरेका हुन् । प्रधानन्यायाधीश कार्कीले सँगै प्रहरी सेवामा प्रवेश गरेर डिआईजी भएका ११ जनाको फाईल कार्यसम्पादन मुल्यांकन फाईल समेत झिकाउन आदेशसमेत गरेकी छिन् ।
कार्यसम्पादन मुल्यांकनमा नवराज सिलवाल एक नम्बरमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधी प्रक्रिया अनुसारै आइजीपी नियुक्ति गर्ने तयारी गरे तापनि काँग्रेस सभापति देउवाको दबाबमा चन्दलाई सरकारले नियुक्त गर्ने निर्णय गरेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।