प्रविधिको प्रयोग गर्दै भीमेश्वर

 आवाज संवाददाता     १ फाल्गुन २०७३, आईतवार

दोलखा । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी शनिवार नेपाल प्रेस युनियनको वागमती विशेष क्षेत्रीय समितिको भेलालाई सम्बोधन गर्न आउने कार्यक्रम थियो । उनी हेलिकप्टरमा आउने कार्यक्रम भएकोले टुँडिखेल धूलोसहित बनाउनु थियो । किनकि झण्डै तीन साताअघि सदरमुकाममा एउटा विरामी बालक लिन आएको हेलिकप्टर टुँडिखेलमा बस्न नसकेर चार चक्कर लगाउनुपरेको घटना धेरैको आँखामा झल्झली थियो । त्यसैले भीमेश्वर नगरपालिकाले हालसालै ल्याएको दमकल प्रयोगको अभ्यासका साथै टुँडिखेल भिजाउने काममा उपयोग ग¥यो । दोलखाका लागि यो नयाँ प्रविधिको प्रयोगले टुँडिखेलमा हेलिकप्टर बस्दा धूलो त उडेन नै, उपस्थितहरुका लागि आकर्षण समेत भयो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF