कालिनाग क्याम्पस सुनखानीमा विद्यार्थी संगठनको तालाबन्दी

 आवाज संवाददाता     २ फाल्गुन २०७३, सोमबार

चरिकोट,२ फागुन
कालिनाग क्याम्पस सुनखानीमा २ विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । विद्यार्थी संगठनलाई जानकारी नै नगराई क्याम्पसले आफूखुशी स्ववियू निर्वाचन तालिका प्रकाशन गरेको भन्दै नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले सोमबार तालाबन्दी गरेका हुन् ।
कालिनाग क्याम्पसले त्रिभुवन विश्वविद्यालयको स्ववियू निर्वाचनको कार्यतालिका अनुसार २०७३ माघ ३० गतेको मितिमा फागुन २ गते विहान १० बजेसम्म संगठन दर्ताको लागि आव्हान गरेको छ । २०७३ को माघ २९ गतेसम्मको महिना भए तापनि क्याम्पसले भने ३० गतेको मिति राखेको छ । २९ गते पनि शनिबार पर्छ ।


नेपाल विद्यार्थी संघका नेता महेश काफ्ले र अखिल क्रान्तिकारीका प्रशुन कार्कीले संयुक्त विज्ञप्ती जारी गर्दै त्यसको विरोध गरेका छन् । मिति नै नभएको दिनमा क्याम्पसले सूचना जारी गरी हतारमा संगठन दर्ता गराउने सुचना निकालेर किर्ते गरेको उनीहरुले आरोप लगाएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।