दोलखामा छैठौं राष्ट्रपति रनिङ शिल्ड खेल सुरु

 आवाज संवाददाता     ६ फाल्गुन २०७३, शुक्रबार

 

छैठांै राष्ट्रपति रनिङ शिल्ड अन्तर बिद्यालय खेलकुद प्रतियोगिता शरु भएको छ । क्षेत्र नं. २ स्तरिय खेलकुद प्रतियोगिता चरिकोटमा शुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति दोलखाको आयोजना र अल्पाईन पब्लिक स्कूलको सहआयोजना प्रतियोगिता शुरु भएको हो । यस प्रतियोगितामा २४ वटा बिद्यालय सहभागी भएका छन ।
राष्ट्रपति रनिङ शिल्ड अन्र्तर बिद्यालय खेल १२ गतेसम्म सञ्चालित हुने छ । यो खेल महिला र पुरुषको छुट्टा छुट्टै खेल हुन्छ । राष्ट्रपति कपमा भलिबल, एथलेक्टिसका बिभिन्न खेलहरु हुन्छन ।
दोलखाको २ क्षेत्रको छुट्टाछुट्टै खेलबाट उत्कृष्टहरुको जिल्लास्तरमा प्रतिस्पर्धा हुँदै आएको छ । क्षेत्र नं. १ को जिरीमा बिहीबारदेखि खेल जारी छ । दुवै क्षेत्रको प्रथम, द्वितीय र तृतीय भएका विद्यालयहरु बीच जिल्लास्तरीय चरिकोटमा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिरा थोकरले जानकारी दिए ।


खेलमा सबैभन्दा बढी अंक ल्याउन विद्यालय उत्कृष्ट हुन्छ । उसैले एक वर्षका लागि सिल्ड हातपार्छ । अहिले जितेको विद्यालयले एक वर्षभर रनिङ सिल्ट राख्न पाउने व्यवस्था छ ।
चरिकोटमा आयोजित खेलको सांसद पार्वत गुरुङले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, स्थानीय विकास अधिकारी शंकर नेपाल, जिल्ला खेलकुद विकास संघका अध्यक्ष हिरा थोकर र जिल्ला युवा विकास समितिको अध्यक्ष धिरज सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।