महिन्द्राको १८ औँ सो रुम चरिकोटमा

 आवाज संवाददाता     ९ फाल्गुन २०७३, सोमबार

दोलखा, फागुन, ९/दोलखा सदरमुकाम चरिकोटमा भारतीय प्रसिद्ध महिन्द्रा मोटरको १८ औँ सो रुम खोलिएको छ । कार्की मल्टिट्रेडिङ कन्सर्न, चरिकोटलाई अग्नि इन्कर्पोरेटेडको आधिकारिक डिलर प्रदान गरेपछि आजबाट चरिकोटमा महिन्द्रा एण्ड महिन्द्राको नयाँ सो रुम खुलेको हो । कार्की मल्टिट्रेडिङ कन्सर्न, चरिकोटले विगत चार वर्षदेखि सो मोटर कम्पनीको सेवा प्रदान गर्दैआएको थियो ।
नयाँ सो रुमको दोलखा उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश बस्नेत र महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि कन्ट्री मेनेजर आशीष जोशीले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे । उद्घाटन गर्दै जोशीले नेपालमा महिन्द्रा एण्ड महिन्द्राको १८ औँ सो रुम खुलेको र ३२ वटा सर्भिस सेन्टरहरु रहेको जानकारी दिए । उनले दोलखामा खुलेको सो रुमबाट दोलखा लगायत छिमेकी जिल्लाहरुसमेतल सेवा पाउन सक्ने बताए ।
कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश बस्नेत, अग्नि इन्कर्पोरेटेडका सहायक निर्देशक बरदान बस्नेतले शुभकामना व्यक्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।