शिवरात्री तथा सेना दिवसमा नगर सरसफाइ

 आवाज संवाददाता     १२ फाल्गुन २०७३, बिहीबार

दोलखा, फागुन, १२/महाशिवरात्री तथा सेना दिवसको अवसरमा चरिकोट बजार र पशुपति मन्दिर परिसर सरसफाइ गरिएको छ ।
नेपाली सेनाको रणभीम गणको प्रमुख आयोजनामा आज विहान सातदोबाटो चोक, चरिकोट बजार र पशुपति मन्दिर परिसरको सरसफाइ गरिएको हो । सरसफाइ कार्यमा त्रिपुरा ग्लोरियस एकेडेमीको स्काउट ट्रुप, कालिन्चोक माविको राष्ट्रिय सेवा दल, निम्फा एकेडेमी, प्रहरी, कर्मचारी लगायतको सहभागिता थियो ।


सरसफाइ कार्यक्रमका सहभागीहरुलाई धन्यवाद रणभीम गणका गणपति झविन्द्रबहादुर रेस्मीले सरसफाइ सभ्यताको परिचायक भएकाले अभियानको रुपमा सेना दिवस र महाशिवरात्री अवसर पारेर चरिकोट बजार सरसफाइ गरिएको बताए ।


त्यसैगरी सेना दिवसकै अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) मा रक्तदान गरिएको छ । सो अवसरमा रणभीम गणका गणपति झविन्द्रबहादुर रेस्मी लगायत सकल दर्जाका सातजनाले रक्तदान गरेक थिए । रक्तदानमा सहभागीहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्ट तथा कोष तथा लेखा नियन्त्रक रमेश शिवाकोटीले जुस तथा फलफूल वितरण गरेका थिए ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।