सहमति बिना स्थानीय निर्वाचन घोषणाको विरोधमा फोरमको मसाल जुलुस

 आवाज संवाददाता     १५ फाल्गुन २०७३, आईतवार

राष्ट्रिय सहमति बिना सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै संघिय समाजबादी फोरम नेपाल दोलखाले बुधबार मसाल जुलुस निकालेको छ ।
चरिकोटको पशुपतिडाँडा र भु संरक्षण कार्यालय छेऊबाट बुधबार साँझ निस्केको जुलुस सातदोबाटोसम्म पुगेको थियो । मसाल जुलुसलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । सरकारले सबिधान संसोधन गर्नको साटो एक्कासी राष्ट्रिय सहमती बिना स्थानीय निकायको निर्वाचन मिति घोषणा गरेको बिरोधमा सान्तिपुर्ण मसाल जुलुस गरिएको फोरमका केन्द्रीय परिषद् सदस्य लक्ष्मण गुभाजुले बताए । फोरम नेता गुभाजुले मसाल जुलुस भब्यताकासाथ सम्पन्न भए तापनि प्रहरी प्रसासनबाट शान्तिपूर्ण मसाल जुलुसलाई असफल बनाउने र धरपकड गर्ने कोशिस गरिएकोमा प्रहरी प्रशासनप्रति आपत्ति जनाए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF