बालसुधा पुस्तक विमोचित

 आवाज संवाददाता     १५ फाल्गुन २०७३, आईतवार

दोलखा, फागुन १५/बालअधिकार, यसका विविध पक्षहरु र जिल्ला बालकल्याण समिति दोलखाको गतिबिधि समेटिएको पुस्तक ‘बालसुधा’ विमोचन गरिएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा र प्रहरी नायव उपरीक्षक रवीन कार्कीले ‘बालसुधा’ पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तक विमोचन कार्यक्रम जिल्ला बालकल्याण समितिले आयोजनामा भएको थियो ।
केन्द्रीय बालकल्याण समिति, हुराडेक नेपाल, सेभ द चिल्र्डेनको सहयोगमा जिल्ला बालकल्याण समिति दोलखाले प्रकाशन गरेको पुस्तिका बालसुधामा बालअधिकार, यसका क्षेत्र, बाल संरक्षणका पक्षहरु नेपालका संविधानमा बालअधिकार सम्बन्धी प्रावधान, बालबालिकाका अधिकारबाट राष्ट्रिय कानुन लगायतका विषय समेटिएका छन् ।
कार्यक्रममा सहभागिताको भत्ता वापतको २५ हजार रुपैयाँ जिल्ला बाल कल्याण समिति अन्तर्गत स्थापना गरिएको बाल उद्धार कोषका लागि इकार्ड्स दोलखाका कार्यक्रम संयोजक कुलदिप मल्लले जिल्ला बाल कल्याण समितिको अध्यक्ष एव्म प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरालाई हस्तान्तरण गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।