आवाज संवाददाता     १५ फाल्गुन २०७३, आईतवार

दोलखा र धादिङका २६ जना लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणको प्रशिक्षक उत्पादन हुने भएका छन् । ओमिन एक्ट र दलित गैर सरकारी संस्था महासंघको संयुक्त आयोजनामा चरिकोटमा दुवै जिल्लाका २६ जनाका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम आइतबारदेखि सुरु भएको छ ।
ब्यक्तिबाट ब्यक्ति बिधिद्धारा द्धन्द न्युनिकरण र लैङ्गिक समानता तथा सामाजिक समाबेशिकण सम्बन्धि नीतिहरुको कार्यान्वयनमा सुधार परियोजनाको लैङ्घिक समानता तथा सामाजिक समाबेशिकरण सम्बन्धि तिन दिने प्रशिक्षकहरुका लागि प्रशिक्षण कार्यक्रम सुरु भएको हो । आईतबारबाट सुरु गरिएको प्रशिक्षण कार्यक्रम मंगलबारसम्म चल्ने आयोजक सँस्था वमिन एक्टका जेसी परियोजना संयोजक प्रकाश अधिकारीले जानकारी दिए । युयसयआईडिको आर्थिक सहयोगमा एसिया फाउण्डेस मार्फत वमिन एक्टको समन्वयमा तिन दिने प्रशिक्षण तालिममा दोलखा र धादिङका सरकारी तथा गैर सरकारी क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको छ । जेसी कार्यक्रम संयोजक अधिकारीले यो कार्यक्रम परियोजनाको रुपमा भन्दा पनि अभियानको रुपमा सञ्चालन हुने बताए । तालिमपछि दोलखाको सुनखानी र फस्कु र अन्य जिल्लामा पनि जेसी अभियानकर्ताहरु उत्पादन हुने बताए ।
जिल्ला विकास समिति दोलखाका वरिष्ठ सामाजिक विकास अधिकृत नारायणप्रसाद सेढाइँले सामाजिक रुपान्तरणका लागि यस्ता कार्यक्रम अभियानका रुपमा सञ्चालन हुनुपर्ने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।