लामाको अध्यक्षतामा दोलखा पत्रकार महासंघ सर्वसम्मत

 आवाज संवाददाता     १८ फाल्गुन २०७३, बुधबार

दोलखा, फागुन १८/नेपाल पत्रकार महासंघको ८ औँ जिल्ला अधिवेशनले जीवन लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
कार्य समितिको खुला उपाध्यक्षमा लक्ष्मण थामी, समावेशी उपाध्यक्षमा मन्दिरा थापा, सचिव विनिता शिवाकोटी, खुला सहसचिव शिवजी प्रधान, समावेशी सहसचिव सुवास योञ्जन, कोषाध्यक्ष शेरबहादुर भुजेल सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी कार्यसमितिका पदाधिकारीहरुमा सिर्जना खड्का, नवराज शिवाकोटी, श्याम खतिवडा, गौतम जिरेल, फुर्वा तामाङ, प्रभु जिरेल, प्रवीण खतिवडा, महेन्द्र श्रेष्ठ, मुना गुरुङ र जगदीश शिवाकोटी चयन भएका छन् ।
सम्पन्न अधिवेशनले १५ सदस्यीय केन्द्रीय पार्षद र २० सदस्यीय प्रदेश पार्षद समेत चयन गरेको छ । अधिवेशनले केन्द्रीय पार्षदमा राजेन्द्र मानन्धर, शम्भु गौतम, लक्ष्मण खड्का, दीपशंकर चौलागाईँ, होम पाठक, उद्धवप्रसाद पोखरेल, रमेश खतिवडा, केदार शिवाकोटी, बलराम खड्का, दीपक बस्नेत, शरद सापकोटा, मोहन रिजाल, निता राउत, शर्मिला बुढाथोकी, कालिका खड्का निवाचित भएका छन् ।
त्यस्तै प्रदेश पार्षदहरुमा आनन्द श्रेष्ठ, शिवकुमार भुजेल, भक्त केसी, सहदेव थापा, सुजन ओली, सुन्तली थामी, गोपीलाल तामाङ, भूपाल सेन्चुरी, कृष्ण रिजाल, गंगा रिमाल, राजेन्द्र कुमार श्रेष्ठ, अर्जुन दाहाल, रामचन्द्र गिरी, नवीन खतिवडा, मनुका कुँवर, शान्त जिरेल, कवि न्यौपाने, गोरीमाया सुनुवार, दिलबहादुर केसी, सन्तोष राउत निर्वाचित भएका छन् ।
आज सम्पन्न आठौँ जिल्ला अधिवेशनको सुरुवात हिजो विहान भएको थियो । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले उद्घाटन गरेको अधिवेशनको खुला सत्रपछि नयाँ कार्यसमिति चयनका लागि पत्रकारहरुका मातृ संगठनहरु नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टरबिचको पटकपटकको छलफलका कारण आज मात्रै अधिवेशन सम्पन्न भएको हो । यस वर्ष थपिएका १७ सदस्यसहित दोलखा पत्रकार महासंघमा १ सय ४८ सदस्य रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।