सप्तरीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

 आवाज संवाददाता     २३ फाल्गुन २०७३, सोमबार

फाल्गुन २३, २०७३- राजविराजमा एमालेको कार्यक्रम बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको छ । मलेठ– २ का सञ्जन मेहता गोली लागेर गम्भीर घाइते भएका थिए । मेहताको टाउकोमा गोली लागेको थियो ।

एमालेको सभास्थललाई मधेसी मोर्चाको कार्यकर्ताले सभा चलिरहँदा घेरा हालेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्न थालेकाे छ । सभास्थल औद्योगिक क्षेत्रको पूर्व र दक्षिणपट्टी ठूलाे संख्यामा मोर्चा कार्यकर्ता जम्मा भएका छन् ।

सभा सुरु हुनु अघि पनि प्रहरी र माेर्चा कार्यकर्ता बीच झडप हुँदा एक दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । एमालेको मेची–महाकाली अभियानको टोली पनि केही समयमा नै सभास्थल आइपुग्ने बताइएको छ ।

 

अवधेशकुमार झाले इकान्तिपुरमा लेखेका छन्

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।