स्थानीय सरकारमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व

 आवाज संवाददाता     २५ फाल्गुन २०७३, बुधबार

मन्दिरा बस्नेत
दोलखा, २५ फागुन

‘महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार’ भन्ने मुल नाराका साथ १०७ औँ अन्तरराष्ट्रिय नारी दिवस सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।
विभिन्न संघ संस्थाको सहयोग र महिला तथा बालबालिका कार्यालयको आयोजनामा भएको कार्यक्रम टुँडिखेलबाट ¥याली सुरु भई सातदोबाटो चोकमा आएर सम्पन्न भएको छ ।
अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा बोल्दै स्थानीय विकास अधिकारी शंकर नेपालले स्थानीय सरकारमा ४० प्रतिशत महिला प्रतिनिधि जानकारी दिए । उनका अनुसार नेतृत्व तहमा पनि महिलाहरु आउने एक किसिमको संविधानले ग्यारेन्टि गरेकोले यो खुशीको कुरा भएको बताए ।


“सरकारी कार्यालयमा नयाँ नयाँ रुपमा नापी सर्भेरहरु पनि महिलाहरु रहेका छन” उनले भने “त्यस्तो कुनै पनि फिल्ड छैन जहाँ महिलाहरु छैनन् ।” हाम्रो समाजले पनि एकदमै स्विकार गरेको छ । हाम्रो समाज महान छ । महिलाहरुले पनि अनग्य साहास देखाएका छन । म यसलाई सल्यूट गर्छु । आगामि दिनमा पनि महिलाहरु थप अगाडि बढ्छन भन्ने मैँले विश्वास गरेको छु, नेपालले बताए ।
गिटी कुट्ने काम गर्दै आएकि मैया राई, ज्यामी काम गर्दै आएकि हाल निर्माण सम्बन्धि काम गर्ने बालकुमारी काफ्ले, पलम्बरको काम गर्ने सुदिका श्रेष्ठ, गिटी बालुवा बोक्ने देवी थामी, रङ रोगनको काम गर्ने राममाया वि.क लाई सम्मान पत्र, ढाकाको दोसल्ला सहित नगद १ हजार नगद वितरण गरिएको छ ।


प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामी भएका मानिसहरुलाई फलफुल पनि वितरण गरिएको छ । गौरीशंकर बाल गृह र आवास नेपाललाई खाद्यान्न वितरण गरिएको छ । गौरीशंकर बालगृहलाई १० के.जि दाल, १ काटुन तेल, १२ थान बालाङ्केट, ३ बोरा चामल, २ क्रेट अण्डा, ५ के.जि चिनि, चियापति र आवास नेपाललाई ३ बोरा चामल, १ काटुन तेल वितरण गरिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF