माथिल्लो तामाकोसीमा कामदार माग

 आवाज संवाददाता     १ चैत्र २०७३, मंगलवार

 

दोलखा, १ चैत

स्वदेशी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा मजदुर अभाव भएर कामै प्रभावित हुन थालेपछि सार्वजनिक सूचना नै जारी गरेको हो । लामाबगरमा निर्माणाधिन आयोजनामा पछिल्लो समय कामदार अभाव भएपछि सार्वजनिक सूचनामार्फत माग गरेको हो ।
आयोजनाको सिभिल निर्माण कम्पनी सिनो हाइड्रोकर्पोरेसनलाई कामदार अभाव भएपछि आयोजनाले सूचना जारी गरेको हो । सार्वजनिक सूचना जारी गरेपछि केही व्यक्ति सम्पर्कमा आउन थालेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
आयोजनाका लागि सवारी चालक, सिकर्मी, डकर्मी, स्काभेटर चालक, इलेक्ट्रिसियन लगायतको पदमा सार्वजनिक आव्हान गरेको छ । सिभिल निर्माणको जिम्मा पाएको चिनीया कम्पनी सिनो हाइड्रोको व्यूरो ११ र व्यूरो ६ दुवैमा गरी ३ सय जनाजति कामदार आवश्यकता परेको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिए ।
आयोजनाको काम तिब्रगतिमा गर्न ठेकेदार कम्पनीहरुलाई आयोजना व्यवस्थापन पक्षले दबाब दिंदै आएको छ । तर ठेकेदार कम्पनीहरुले कामदार खोज्दा पनि नपाएको बताउँदै आएको छ ।
‘ठेकेदारलाई मान्छे थपेर भए पनि काम चाँडो गर्न लगातार दबाब दिइरहेका छौं’ आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले भने ‘ठेकेदारहरुले हामीले खोज्दा मान्छे पाएनौं तपाईहरुले पनि खोजिदिनु प¥यो भनेपछि सार्वजनिक सूचना नै जारी गरेका हौं ।’ कामदार अभावकै कारण ठेकेदारहरुले आयोजनाको काम लक्ष्य अनुसार गर्न नसकेको बताउँदै आएका छन् । सूचनामार्फत सिभिलमा मात्र ३ सय जना जति कामदार थपिए सिभिलको कामले थप गति लिने छ ।
२ वर्ष अघि भुकम्प जानु अघि आयोजनामा दैनिक ३ हजार जना जति कामदारले काम गर्थे । भुकम्पले एक वर्ष जति रोकिएको आयोजनाको काम पुर्नः सुचारु भएपछि कामदार ३ चौथाइ जति घटेका छन् । आयोजनामा सिभिल तर्फको काम पहिलेका तुलनामा धेरै घटे तापनि अहिले काम अनुसार कामदार नभएको आयोजना पक्षका अधिकारीहरु बताउँछन् । अहिले दैनिक ५ जना पनि आयोजनाको काममा नभएको बताउँछन् ।
देशकै निर्माणाधिन सबैभन्दा ठूलो (४५६ मेगावाट) आयोजनाको अहिले सबै लटको काम तिव्र गतिमा भइरहेको छ । आयोजनाको सिभिल तर्फ हेडवक्समा बाँध, इन्टेक, डिस्याण्डर लगायतको काम ८६ प्रतिशत बढी पूरा भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF