हुराडेकमा वाइसीएलको तालाबन्दी

 आवाज संवाददाता     ६ चैत्र २०७३, आईतवार

योङ कम्युनिष्ट लिग(वाइसीएल) नेपाल दोलखाले निर्वाचन आचार संहिता विपरित काम गरेको भन्दै आफ्नो कार्यालयको ताला खोसेर हुराडेक नेपालको कार्यालयमा तालाबन्दी गरेको छ । वाइसीएल दोलखाका अध्यक्ष सन्तोष केसीको नेतृत्वमा गएको टोलीले कार्यालयमा काम गरिरहेका कर्मचारीहरुलाई बाहिर निकालेर तालाबन्दी गरेको हो ।
मानवअधिकारको क्षेत्रमा २५ वर्षदेखि काम गर्दै आएको हुराडेक नेपाललाई निर्वाचन आचार संहिता उलंघन गदै आफ्ना कार्यक्रमलाई निरन्तरता दिएको र मतदाताहरुलाई प्रभावित पार्ने काम गरेको तालाबन्दीपछि वाइसीएल अध्यक्ष सन्तोष के.सी (चे)द्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हुराडेक नेपाल दोलखाले भने निर्वाचन आचार संहिता उलंघन हुने कुनै पनि काम नगरेको पहिलेदेखि सञ्चालन गर्दै आएको मानवीय सेवाका क्रियाकलाप मात्र सञ्चालन गरेको हुराडेक नेपालका अध्यक्ष होम पाठकले बताए । शनिबार र आइतबार दोलखाको जिल्लाको जुँगु र झ्याँकु गाविसका जोखिममा परेका वालवालिकाहरुलाई शैक्षिक सामग्री र अभिभावकहरुको लागि जिविकोपार्जनमा सहयोग रकम वितरण गरेको भन्दै योङ कम्युनिष्ट लिग नेपालले कार्यालय बन्द गराएमा गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष पाठकले बताए ।

????????????????

वाइसीएल दोलखाले गत शुक्रबार सम्पुर्ण क्रियाकलाप बन्द गर्न भन्दै दोलखाका विभिन्न गैर सरकारी संघ संस्थाहरुलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । हुराडेक नेपालको कार्यालयमा लगाएको तालाबन्दीप्रति गैसस महासंघ दोलखाकाले पनि गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । आइतबार गैसस महासंघ दोलखाका सचिव दिलबहादुर केसीले एक विज्ञप्ती जारी गर्दै हुराडेक नेपालमा लगाएको तालाबन्दी खोल्न आग्रह गरेका छन् ।

????????????????

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।