राप्रपाको आन्दोलन आयोगसंगः प्रवक्ता पाठक

 आवाज संवाददाता     ६ चैत्र २०७३, आईतवार

दोलखा, ०६ चैत÷राष्ट्रिय प्रजातन्त्र पार्टीको अवको आन्दोलन निर्वाचन आयोगको विरुद्ध हुने वताएका छन् ।
दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा आयोजित ‘जनताका माझमा राप्रपा’ कार्यक्रममा वोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन कुमार पाठकले उक्त विचार व्यक्त गरेका हुन । पार्टीले आफ्नो सिद्धान्तको रुपमा बोकेको हिन्दुराज्य नेपाललाई हटाउनु पर्ने भन्ने आयोगको निर्णयले राप्रपाले आयोगको विरुद्धमा आन्दोलन गर्नु पर्ने वताएका हुन । उनले संविधानमा सबैको हक सुरक्षित गरे तापनि निर्वाचन आयोगले राप्रपाको हिन्दु राष्ट्र र राजतन्त्रको विषय हटाउनु आपत्तिजनक भएको बताए । कम्युनिष्ट पार्टीहरुले आफ्नो विधानमा वर्षौंदेखि सम्यवादको विषय लेख्दा वास्ता नगर्ने आयोग राप्रपाको विधानमा मात्र हेर्नुले अब आन्दोलनमा जाने बताए ।
पहिलो चरणमा अदालत जाने उनले बताए । अदालतबाटै आफ्नो पार्टीले न्याय पाउने र शान्तिपूर्ण आन्दोलनमा पनि जाने बताए । आफ्नो पार्टी निर्वाचन गराउनका लागि सरकारमा गएको उल्लेख गर्दै उनले निर्वाचन हुने स्थिति नभए सरकारमा पनि बसिरहन नसक्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष सुन्दर प्रकाश खड्काको अध्यक्षमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य आङनीमा शेर्पा, पार्टीका पूर्व सहायक प्रवक्ता किरण गिरी, पूर्व केन्द्रीय सदस्य सोवित उप्रेती, प्रवास विभाग पूर्व प्रमुख विजय खड्का, राप्रविसका पूर्व महासचिव प्रविण थोकर, बलबहादुर तमाङ, तिर्थ केसी, नवराज श्रेष्ठ, विष्णु श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।