लक्ष्मी बैंकद्वारा बहिरा विद्यालयमा बैकिङ शिक्षा

 आवाज संवाददाता     ९ चैत्र २०७३, बुधबार

दोलखा, ९ चैत

लक्ष्मी बैंकले आफ्नो चरिकोट शाखाका छैंठो स्थापना दिवसको अवसरमा वहिरा विद्यार्थीहरुलाई बैंकिङ शिक्षा दिएको छ । बैंकले बुधबार चरिकोटमा रहेको बहिरा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई बैंकिङ कारोबार र भोलीको भविष्यका लागि वचत बारे जानकारी गराएको हो ।
बुधबार विहान विद्यालयमै पुगेर बैंकका कर्मचारीहरुले सानोसानो रकम नियमित बचत गर्दा हुने फाइदाका बारेमा विद्यार्थीहरुले जानकारी गराए । बैंकका कर्मचारीहरुले ठूला ठूला अक्षरमा प्रिन्ट गरेर पढेर सुनाए । त्यसलाई बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा विद्यालयका अध्यक्ष रमेश लामाले उल्था गरेर बुझाएका थिए ।
बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि खाद्यान्न समेत सहयोग गरेको छ । आवासिय रुपमा अध्ययन गर्ने विद्यार्थीहरुलाई खाद्यान्न अभाव भएको खबर सुनेर सानो सहयोग होस् भनेर खाद्यान्न सहयोग गरेको लक्ष्मी बैंक चरिकोट शाखाका प्रबन्धक जयन्द्र बादेले बताए ।
बैंकले विद्यार्थीहरुका लागि चामल, दाल, तरकारी, चिउरा सहितका १५ हजार ६ सय बराबरको खाद्यान्न विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रमेश लामामार्फत हस्तान्तरण गरेको छ । विद्यार्थीहरुका लागि जेजे टे«डर्स चरिकोटका प्रोपाइटर विवेक केसीले वाइवाइ चाउचाउ ५ बाक्सा सहयोग हस्तान्तरण गरे ।
बैंकको शाखा स्थापनाको छैठौं अवसरमा विद्यालयका बहिरा विद्यार्थीहरुमाझ केक काटेर विद्यार्थीहरुलाई पनि सामुहिक रुपमा खुवाएको छ । केक समेत सबैभन्दा सानो बहिरा विद्यार्थीलाई काट्न लगाए ।
“बैंकिङ शिक्षा साङ्गहरुका लागि मात्र सञ्चालन गर्दै आएको हाम्रो परम्परा छ” बैंकका शाखा प्रबन्धक वादेले भने “अपाङ्गहरुलाई पनि बैैंकिङ शिक्षा दिन सके उनीहरुको पनि भविष्य उज्वल बनाउन सकिन्छ ।” खाद्यान्नको अभावमा समेत कष्टपूर्वक शिक्षा लिंदै आएका बालबालिकाहलाई सबैले स–सानो सहयोग गरे उनीहरुका लागि ठूलो राहत हुने बताए ।


किन भयो खाद्यान्नको अभाव
विद्यालयमा ४७ जना बहिरा विद्यार्थीहरु अध्ययन गर्छन् । चरिकोट बजारको नजिकै भीमेश्वर नगरपालिका ३ चिसापानीमा रहेको विद्यालयमा एक जना रातह दरबन्दी र एक निजी स्रोतमा शिक्षक राखेको छ ।
विद्यालयमा २० जना विद्यार्थीका लागि छात्रवृत्ति सहयोग सरकारबाट आउँछ । प्रतिव्यक्ति २ हजार ५ सय रुपैंयाका दरले आउने छात्रवृत्तिबाट खान, लगाउन, पढ्ने कापी कलम, झोला सहितको आवश्यकता पूरा गर्नु पर्छ । तर २० जनालाई आएको सहयोगले थप २७ जनालाई समेत बाँडेर पु¥याउनु परेकाले समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामाले बताए ।
विद्यलय भवनकै अभाव थियो । त्यसका लागि प्लान नामक एक गैर सरकारी संस्थाको सहयोगमा कम्पाउण्ड सहितको व्यवस्थित विद्यालय भवन निर्माणाधिन छ । अब भवनको समस्या करिब टरेको छ । विद्यार्थीहरु समेत थपिने क्रम जारी छ । केही सहयोगीहरुले स्टेशनरी विद्यालय पोशाक लगायतका सामग्री सहयोग गरे तापनि खाद्यान्नको मुख्य समस्या रहेको उनले बताए । विद्यालया दोलखा, रामेछाप र सिन्धुलीका बहिरा विद्यार्थीहरु अध्ययन गर्छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF