एमाले दोलखाले सबै गाउँपालिका र वडा कमिटी गठन गर्ने

 आवाज संवाददाता     १० चैत्र २०७३, बिहीबार

दोलखा, १० चैत
नेकपा एमाले दोलखाले दोलखाका सबै गाउँपालिका, नगरपालिका र वडाहरुमा कमिटी गठन गर्ने निर्णय गरेको छ । एमाले दोलखाको १८ औं पूर्ण बैठकले निर्वाचन लक्षित कार्यक्रमका लागि आफ्नो तल्लो कमिटी गठन गर्ने निर्णय गरेको हो । एमाले सचिव भरत दुलालका अनुसार बुधबार र विहीबार बसेको निर्णय अनुसार गाउँ नगर र वडा कमिटी गठनका लागि कायदल समेत बनाएको छ ।
कार्यदलमा इन्चार्ज, संयोजक र सहसंयोजक समेत तोकेको छ । इन्चार्जको जिम्मेवारी अध्यक्ष इश्वरचन्द्र पोखरेल, उपाध्यक्ष नरबहादुर श्रैष्ठ, सचिव भरत दुलाल र सहसचिव डबल पाण्डेले लिएका छन् ।
एमालेको निर्णय अनुसारको जिम्मेवारी

नेकपा(एमाले) जिल्ला कमिटी दाेलखाकाे १८ औं पुर्ण बैठकका केही महत्त्वपूर्ण निर्णयहरु:

(१) तत्काल दाेलखा जिल्ला भित्र रहेका ९ वटा गाउँ/नगरपालिका बैठक बसि कार्यालय खाेल्ने, अगुवा कार्यकर्ता भेला गर्ने, ७४ वटा वडा कमिटीहरु गठन गर्ने र भेला आयोजना गर्ने/ कार्यालय खाेल्ने।

(२) पार्टी केन्द्र (स्थायी कमिटी) काे सर्कुलर अक्षरस् कार्यान्वयन गर्दै नीम्नानुसार गाउँ/नगरपालिका कमिटी गठन गरियो।

२.१ गाैरिशंकर गाउँपालिका

इन्चार्ज : क. इश्वरचन्द्र पाेखरेल
संयाेजक : क. शुभ शेर्पा
सहसंयाेजक : क.लालबहादुर खड्का

२.२ वैतेश्वर गाउँपालिका
इन्चार्ज : क. भरत दुलाल
संयाेजक : क. भिम दाहाल
सहसंयाेजक : क. हर्कमान पाख्रिन

२.३ जिरी नगरपालिका
इन्चार्ज : क. नरबहादुर श्रेष्ठ
संयाेजक : क. मित्र जिरेल
सहसंयाेजक : क. शान्ति पाख्रिन

२.४ तामाकोसी गाउँपालिका
इन्चार्ज : क. इश्वरचन्द्र पाेखरेल
संयाेजक : क. जिवशराज खड्का
सहसंयाेजक : क. देवी शर्मा फुयाल

२.५ मेलुङ गाउँपालिका
इन्चार्ज : क. नरबहादुर श्रेष्ठ
संयाेजक : क. हिरा थाेकर
सहसंयाेजक : क. दिनेशप्रसाद उप्रेती

२.६ शैलुङ गाउँपालिका
इन्चार्ज : क. भरत दुलाल
संयाेजक : क. धनबहादुर तामाङ
सहसंयाेजक : क. गुणबहादुर बुढाथोकी

२.७ भिमेश्वर नगरपालिका
इन्चार्ज : क. इश्वरचन्द्र पाेखरेल
संयाेजक : क. कुमार वि. क.
सहसंयाेजक : क. हरिवंश चाैलागाई

२.८ कालिञ्चाेक गाउँपालिका
इन्चार्ज : क. डबल पाण्डे
संयाेजक : क. धनबहादुर थामी
सहसंयाेजक : क. विनकुमार थामी

२.९ विगु गाउँपालिका

इन्चार्ज : क. डबल पाण्डे
संयाेजक : क. कुमार खड्का
सहसंयाेजक : क. सुन्दर वि. क.

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।