सेनाद्वारा निर्मित सामुहिक आवास हस्तान्तरण

 आवाज संवाददाता     १२ असार २०७३, आईतवार

दोलखा, असार १२÷विनासकारी भूकम्पले आवास गुमाई विपतमा परेकाहरुलाई लक्षित गरी नेपाली सेनाको रणभीम गणले दोलखाको जिरीमा निर्माण गरेको सामुहिक आवास भवन हस्तान्तरण गरिएको छ ।
रणभीम गणका गणपति मधुसुदन नरसिंह राणाले दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीलाई आज भवनको चावी हस्तान्तरण गरेका हुन् । त्यसको लगत्तै सभासद् पार्वत गुरुङलेरिवन काटेर भवनको उद्घाटन गरेका थिए ।
सेनाले १९ दिनमा निर्माण सम्पन्न गरेको १२ कोठे पक्की भवनमाभूकम्पबाट आवास गुमाएकाहरुलाईआपतकालीन बसाईमा प्रयोग गरिने लक्ष्य रहेको छ ।भवन हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै सभासद् पार्वत गुरुङले यति छिट्टै आवास निर्माण गर्ने सेनालाई भूकम्पले क्षतिग्रस्त भएका जिल्लाहरुमा पुनर्निर्माणको जिम्मा दिँदा उपयुक्त हुने बताए । प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले सेनाले निर्माण गरी जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको भवनको सही सदुपयोग हुने विश्वास दिलाए । उनले सो भवन स्थानीय निकाय जिरी नगरपालिकालाई हस्तान्तरण भएको जानकारी दिए ।
जिरी उच्च माविको परिसरमा दुईवटा ब्लकमा निर्माण भएको १२ कोठे भवनमा दुईमुखे दाउरे चुलो, वैकल्पिक सौर्य वत्ती सहितको व्यवस्था गरिएको छ ।उक्त भवन ४७ लाखको लागतमा निर्माण सम्पन्न भएको रणभीम गणले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।