दोलखाको कालीदहमा ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु

 आवाज संवाददाता     १७ चैत्र २०७३, बिहीबार

दोलखा, चैत १७/दोलखाको भीरकोट गाविस कालीदहमा ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
आज साँझ कालीदहमा ट्रिपर सडकबाट तल खस्दा ट्रिपरका धनी सन्दीप लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक प्रेमसागर केसीले जानकारी दिए ।
आज साँझ घर जाँदै गरेको लुअख ५४६ नं को ट्रिपर दुर्घटनामा हुँदा गैरीमुदी २ का प्रभुशरण मोक्तान घाइते भएका छन् । चालक शैकरलाल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।