रेडक्रस दोलखामा तालाबन्दी

 आवाज संवाददाता     १२ असार २०७३, आईतवार

दोलखा, असार १२÷नेपाल रेडक्रस सोसाईटी दोलखा शाखामा तालाबन्दी भएको छ । शाखा कार्यालय दोलखामा आर्थिक पारदर्शिता नभएको भन्दै स्थानीय राजनीतिक दल, नागरिक समाज लगाएतले आइतवार तालाबन्दी गरेका छन् ।
नेपाल रेडक्रस दोलखा शाखामा भएको अनियमितता छानविन तथा सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालय तथा केन्द्रीय कार्यालयमा समेत निवेदन दिँदा समेत वास्ता नगरेको भन्दै आज कार्यालयमा तालाबन्दी गरेका थिए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालयमा हालसम्म जानकारी नआएको जनाईएको छ । कार्यालयमा तालाबन्द गर्नुअधि स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले आर्थिक गतिविधिका वारेमा जानकारी नभएसम्मका लागि तालाबन्दी गरेको जनाईएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।