सशस्त्र प्रहरी चढेको गाडी दुर्घटना, डीएसपीसहित तीन घाइते

 आवाज संवाददाता     २८ चैत्र २०७३, सोमबार

दोलखा, चैत २८/दोलखाको लामाबगरबाट चरिकोट आउँदै गरेको बा ९ च ९३६० नं को गाडी आज विहान कालिन्चोक गाउँपालिकाको झमार्सीमा दुर्घटना हुँदा सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक शम्भुजंग थापा सहित तीन जना घाइते भएका छन् ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरक्षार्थ लामाबगरमा बसेको सशस्त्र प्रहरी बल बेसक्याम्पले चलाउँदै आएको आयोजनाको गाडी दुर्घटना हुँदा डीएसपी थापासँगै उनका वडीगार्ड शिव कसवार र चालक सशस्त्रकै मोहन घिमिरे  घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिए ।
दुर्घटनामा तीनै जना गम्भीर घाइते भएको र चालकको अवस्था झन गम्भीर रहेको बताइएको छ । घाइतेहरुलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भैरहेको माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF