सिलवाल आईजीपी नियुक्तिविरुद्ध फेरि सर्वोच्च पुगे

 आवाज संवाददाता     २९ चैत्र २०७३, मंगलवार

काठमाडौं, चैत २९– नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी ) नियुक्तिमा असन्तुष्टि जनाउँदै डिआईजी नवराज सिलवाल पुनः सर्वोच्च पुगेका छन् ।
उनले अदालतको आदेश विपरित जालझेलपूर्ण ढंगले प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेको दाबी सहित सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।
मंगलबार उनले दर्ता गराएको रिट निवेदनमा अर्यालको नियुक्त बदर गर्दै यसअघि सर्वोच्चले गरेको फैसला कार्यान्वयन गर्न माग गरिएको छ ।
गत फागुन १ गते सरकारले डिआईजी जयबहादुर चन्दलाई आइजीपीमा नियुक्ति गरेकोमा त्यसविरुद्ध सोहि दिन सिलवाल अदालत पुगेका थिए भने सर्वोच्चले सो रिटमा अन्तिम सुनुवाई गर्दै चैत ८ गते चन्दलाई आइजीपी बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
सर्वोच्चले कार्याम्पादन मूल्यांकनको आधारमा सिलवाल आइजीपीको लागि योग्य भएको देखाउँदै उनलाई नियुक्त गर्न ओदश समेत दिएको थियो । तर पछि कार्यसम्पादन मूल्याङ्कन जाँचका क्रममा अर्यालको बढी अंक देखाउँदै सोमबार बसेको बैठकले अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

चार वर्षको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा अर्यालले १५४.२ अङ्क प्राप्त  गरेका थिए ।  त्यसैगरी प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले १५२.४, बमबहादुर भण्डारीले १५०.२ र जयबहादुर चन्दले १४७.६ अङ्क प्राप्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF