नयाँ वर्षमा भीमेश्वर मन्दिरमा यती बैंकको सरसफाई

 आवाज संवाददाता     २ बैशाख २०७४, शनिबार

दोलखा २ बैशाख
दोलखा भीमेश्वर मन्दिरको फोहोर व्यवस्थापनका लागि यती डेभलपमेन्ट बैंक दोलखा शाखाले विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । बैंकका कर्मचारीहरु सहितले नयाँ वर्षको दिन मन्दिर परिसरमा सरसफाई गरेर सामाग्री हस्तान्तरण गरेका हुन् ।
भीमेश्वर मन्दिर सरसफाईमा सघाउन बैंकले ९ थान डस्विन, ३ थान डस्विन राख्ने स्टेण्ड, र खानेपानी लगायतको व्यवस्थाका लागि १ हजार लिटर क्षेमताको टयाङ्की मन्दिर व्यवस्थापन समितिलाई बैंकका शाखा प्रमुख विश्वासराज पाण्डेले मन्दिर व्यवस्थापन समितीलाई हस्तान्तरण गरे ।
शुक्रबारै यती बैंकका कर्मचारीले बैंकको बार्षिक कार्यक्रम नै बनाएर मन्दिरको फोहर व्यवस्थापनलाई सघाउने पाण्डेले बताए । भक्तजनलाई फोहर व्यवस्थापनका लागि सुविधाका दिन बैंकले यस्ता सामाग्री वितरण गरेको उनको भनाई छ ।
उनीहरुलाई स्थानीय, मन्दिर व्यवस्थापन समिती र नयाँ बर्षमा दर्शन गर्न आएका भक्तजनले सरसफाईमा साथ दिएका थिए । सामाग्री हस्तान्तरण गरेकोमा मन्दिर व्यवस्थापन समितीले बैंकलाई धन्यवाद दिएको छ ।

यती डेभलपमेन्ट बैङ्कको वित्तीय साक्षरता

यती डेभलपमेन्ट बैँक चरिकोट शाखा कार्यालय दोलखा जिल्लाको सुस्पाक्षमावती स्थित कुथलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्षको अवसरमा शनिबार भएको कार्यक्रममा उक्त क्षेत्रका महिला, विद्यार्थी, र कृर्षि पेशामा आवद्व ५ सय जना व्यक्तिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा बैँकको शाखा प्रमुख विश्वासराज पाण्डेले बचतको महत्व, बचत कसरी र किन गर्ने, बचतलाई कसरी परिचालन गर्ने, बैँकको कार्य तथा उद्देश्य के हो, बैँकबाट कर्जा लिने प्रक्रिया, बैँक खाता सञ्चालन गर्ने तरिका, बैँक खाताको महत्व, उद्ययमी बन्नको लागि बचत को महत्व र बैँक को भुमिका लगायतका विषयमा जानकारी गराएका थिए । त्यस्तै रेमिटेन्स सेवा, रेमिटेन्स भुक्तानी प्रक्रिया, तथा रेमिटेन्स गर्दा ध्यान दिनु पर्ने कुराहरु र अपनाउनु पर्ने साब्धानीहरुको बारेमा सहायक शाखा प्रमुख मुकेशकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा त्रिवेणी दुग्ध सहाकारीका अध्यक्ष उद्ववबहादुर कार्की र सचिव भक्तसिंह थामीले यस कार्यक्रमले ग्रामिण समुदायका व्यक्तिहरुको जिवनशैली परिवर्तन ल्याउने जनाउदै बैँकलाई धन्यवाद ज्ञापन गरेका थिए । बैँकहरु आधुनिक बैकिङ प्रणलीमा गईसकेको समयमा महिला, कृर्षक तथा विद्यार्थी बर्गले कसरी बैँकिङ सेवा लिन सक्छन भन्ने कुराको जानकारी समेत उक्त कार्यक्रममा दिइएको थियो ।
ग्रामिण क्षेत्रका नागरिकहरुलाई बैँकिङ सेवा आवश्यक रहेकोले बैँकिङ पहँुच पु¥याउनको लागि देशभरका शाखाहरुबाट बैँकले यस्ता कार्यक्रमहरु सञ्चालन गर्दे आएको जनाएको छ । विगत लामो समयदेखि सामाजिक उत्तरदायित्व अन्र्तगत निःशुल्क आँखा शिविर, अपाङ्ग विद्यार्थीहरुलाई निःशुल्क शिक्षा, सार्वजनिक स्थलहरुमा सरसफाई जस्ता कार्यक्रमहरु सञ्चालन गर्दे आएको बैँकले जनाएको छ । बैँकले बचत खातामा अहिले ६ प्रतिशत र मुद्वती खातामा १२ प्रतिशतसम्म व्याज दिईरहेको छ । बैङ्कको देशभर २५ वटा शाखा र २४ वटा एटीएम काउन्टरहरु रहेको बैँकले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।