राप्रपाले नै जलायो आयोगको निर्णय

 आवाज संवाददाता     ५ बैशाख २०७४, मंगलवार

निर्वाचन आयोगले आफ्नो विधानमा रहेको हिन्दु राज्य सहितको राजसंस्था हटाएको विरोधमा राप्रपा दोलखाले आयोगको निर्णय प्रतिलिपि जलाएको छ । राप्रपा दोलखाले दोलखामा रहेको निर्वाचन कार्यालय अगाडी पुगेको आयोगको निर्णय जलाएको हो ।
राप्रपा दोलखाका अध्यक्ष सुन्दरप्रकाश खड्काको नेतृत्वमा गएको टोलीले आयोगको निर्णय जलाएको हो । निर्णय प्रति जलाएपछि राप्रपा दोलखाका प्रचार विभाग प्रमुख राजन शिवाकोटीले निर्णय जलाउनुको कारण प्रष्ट पारेका हुन् । राप्रपाले निर्वाचन आयोगमा पेश गरेको विधानको प्रस्तावना रहेको हिन्दुराज्य सहितको राजसंस्थाको विषयमा हटाएको हो । यसको विरोधमा राप्रपा आन्दोलनमा छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF