चट्याङ लागेर गैरीमुदीमा एकको मृत्यु

 आवाज संवाददाता     ७ बैशाख २०७४, बिहीबार

दोलखा ७ बैशाख
बुधबार साँझ परेको चट्याङ लागेर गैरीमुदीमा एकको ज्यान गएको छ । साँझ ५ः३० बजेतिर परेको चट्याङल लागएर वैत्यश्वर गाउँपालिका १ गैरीमुदीकी २२ वर्षीया जालमाया तमाङ घाइते भएकी थिइन् । उनको उपचारका लागि चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक प्रेमसागर केसीले जानकारी दिए ।
साँझ झण्डै आधा घण्टाजति दोलखामा हावाहुरी चलेको थियो । हावाहुरीले भुकम्प पीडितका हर्जनौं टहरा उडाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।