पाँच मधेसी पार्टीबीच एकीकरण घोषणा

 आवाज संवाददाता     ७ बैशाख २०७४, बिहीबार

काठमाडौं, बैशाख ७– छ मधेस केन्द्रीत दलबीच बिहिबार पार्टी एकीकरण घाेषणा भएको छ ।

बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी राजेन्द्र महतोको सद्भावना पार्टी, महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी र महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टीबीच एकीकरणको घोषणा गरिएको हो ।

शुरुमा सहभागी नभएका नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा अन्तिम समयमा सहभागी भएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF