काँग्रेस र माओवादी दोलखामा चुनावी तालमेलको वार्ता

 आवाज संवाददाता     ८ बैशाख २०७४, शुक्रबार

 

दोलखा, ८ बैशाख

दोलखाको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच चुनावी तालमेल हुने भएको छ । चुनावी तालमेलका लागि दुवै दलका नेताहरु बीच छलफलमा बसेका छन् । विहीबार र शुक्रबार समेत दुवै पार्टीका नेताहरु बीच औपचारिक तथा अनौपचारिक रुपमा छलफल जारी रहे तापनि निष्कर्ष भने निष्केको छैन ।
काँग्रेस र माओवादी बीच दोलखाको २ नगरपालिका र ७ गाउँपालिका मध्ये ५ वटामा काँग्रेसले प्रमुख लिने र ४ वटामा माओवादीले लिने सहमति भए तापनि कुन कुन लिने भन्नेमा सहमति हुन सकेको छैन ।
माओवादीले गौरीशंकर, कालिञ्चोक र शैलुङ गाउँपालिका माओवादीलाई छाड्न काँग्रेस तयार रहे तापनि जिरी नगरपालिका र वैत्यश्वर मध्ये एक माओवादीले दाबी गरेपछि सहमति हुन सकेको छैन । माओवादी नेता हेम श्रेष्ठले छलफल जारी रहेको बताए ।


काँगैसले आफ्ना उम्मेद्वार टुङ्गो लगाउँदै
काँग्रेसले विहीबार जिरी नगरपालिका प्रमुखमा सोनाम शेर्पा र उपप्रमुखमा देवीमाया जिरेलको नाम घोषणा गरेको छ । त्यस्तै तामाकोसी गाउँपालिकामा प्रमुख भवेन्द्र कार्की र उपप्रमुखमा सिर्जना सुवेदी, मेलुङ गाउँपालिकामा बर्मा लामा प्रमुख, भीमेश्वर नगरपालिकामा प्रमुखमा इश्वर मानन्धर, वैत्यश्वरमा छवि लामा र विगूमा श्यामराज्य खड्काको नाममा सहमति भएको छ ।
माओवादीले पनि ३ वटामा टुङ्गो लगायो
माओवादी केन्द्रले गौरीशंकर गाउँपालिकामा निमा लामालाई प्रमुखको रुपमा टुङ्गो लगाएको छ । तर काँग्रेससँग तालमेल नभएमा छिरिङ शेर्पालाई प्रमुख बनाउने भद्र सहमति भएको छ । जिरी नगरपालिकामा तेजबहादुर गोले र वैत्यश्वर गाउँपालिकाको प्रमुखमा रविचन्द्र आचार्यलाई प्रमुख बनाउने भएको छ । अन्य गाउँपालिका र नगरपालिकाको विषयमा भने टुङ्गो नलागेको नेता हेम श्रेष्ठले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF