एमालेको प्रमुख उपप्रमुख को को भए उम्मेद्वार

 आवाज संवाददाता     १० बैशाख २०७४, आईतवार

दोलखा, १० बैशाख
नेकपा एमालेले ६ दिन लामो निरन्तर छलफलपछि गाउँपालिका र नगरपालिका प्रमुख उपप्रमुखको टुङ्गो लगाएको छ । आइतबार हाइकमाण्डको छलफलबाट बैशाख ३१ गते हुने स्थानीय तहको लागि उम्मेद्वारहरुको टुङ्गो लगाएको हो ।
एमालेले दोलखाका पदाधिकारीहरु आफैं चुनावमा उम्मेद्वार बन्ने भएका छन् । नेताहरु बीच विवाद बढेपछि तामाकोसी गाउँपालिकामा अध्यक्ष इश्वरचन्द्र पोखरेल आफैं प्रमुखको उम्मेद्वार बन्ने भएका छन् ।
एमाले दोलखाका सचिव भरत दुलालका जिल्ला कमिटीको आग्रह अनुसार हाइकमाण्डले अन्तिम नामावली टुङ्गो लगाएको हो । दोलखाको हाइकमाण्डमा पोलिट्व्यूरो सदस्य पशुपति चौलागाई, केन्द्रीय सदस्य पार्वत गुरुङ, लालकुमार केसी, शिव भण्डारी, आनन्द पोखरेल र अध्यक्ष इश्वरचन्द्र पोखरेल छन् । उनीहरुले गुटगत रुपमा र जातीय सन्तुलन मिलाउने गरी उम्मेद्वार चयन गरेका हुन् । वडाको भने टुङ्गो लाग्न बाँकी छ ।
स्थानीय निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र सचिव नै उम्मेद्वार भएका छन् । जातीय र गुटगत व्यवस्थापनका कारण कालिञ्चोक गाउँपालिकामा उपसचिव डबल पाण्डेले टिकट पाउन सकेनन् ।
को को भए उम्मेद्वार
गौरीशंकर गाउँपालिकाः

प्रमुख सोयम खड्का
उपप्रमुखः उर्मिला थामी

जिरी नगरपालिकाः

प्रमुखः टंक जिरेल
उपप्रमुखः निर्मला बुढाथोकी

वैत्यश्वर गाउँपालिकाः

ऋषिकेश उप्रेती
उप प्रमुखः शान्तिमाया तमाङ

तामाकोसी गाउँपालिकाः

प्रमुखः इश्वरचन्द्र पोखरेल
उपप्रमुखः उर्मिला खड्का केसी

मेलुङ गाउँपालिका

प्रमुख नरबहादुर श्रेष्ठ
उपप्रमुख कल्पना भण्डारी

शैलुङ गाउँपालिकाः

प्रमुख भरत दुलाल
उपप्रमुखः लालमाया योञ्जन

भीमेश्वर नगरपालिका

प्रमुखः भरत केसी
उपप्रमुखः कमला बस्नेत

कालिञ्चोक गाउँपालिकाः

प्रमुख विनकुमार थामी
उपप्रमुखः कालिका पाठक
विगू गाउँपालिका

प्रमुखः सुन्दर लामिछाने
उपप्रमुख गोमा केसी खड्का

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF