डीआईजी नवराज सिलवाल बालुवाटारबाट पक्राउ

 आवाज संवाददाता     ११ बैशाख २०७४, सोमबार

काठमाडौं :नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई सरकारी कागजात किर्ते गरेको अभियोगमा पक्राउ गरिएको छ ।

आईजीपीमा बढुवाको माग गर्दै सर्वोच्चमा किर्ते कागत बनाएर पेस गरेको भन्दै सरकारद्धारा गठित छानविन समितिले सिलवाललाई बालुवाटारबाट पक्राउ गरेको हो ।

कार्यसम्पादन मूल्याङ्कन हेरफेर गरेको आरोपमा डीआईजी बिजय भट्ट नेतृत्वको छानबिन टोलीले आईजीपीका दावेदार अर्का सिलवाललाई बयानका पक्राउ गरेेर प्रहरी प्रधान कार्यालय लगेको हाे ।

आफू भन्दा तल्लो बरियताका जयबहादुर चन्दलाई सरकारले गत फागुनमा आईजीपी बनाउने निर्णय गरेपति सिलवाल सर्वोच्च गएका थिए ।

सर्वोच्च गएका सिलवालले आइजीपीका अर्का दाबेदार प्रकाश अर्याल  भन्दा आफ्नो नम्बर धेरै रहेको भन्दै सर्वोच्चमा कार्यसम्पादन मुल्यांकनको विवरण पेस गरेका थिए ।

आईजीपीमा चन्दको नियुक्तको सर्वोच्च बदर गरेपछि सरकारले अर्याललाई कार्यसम्पानद र मुल्याङनमा १ नम्बरमा रहेको भन्दै आइजीपीमा नियुक्त गरेको थियो ।

तर सरकारको कार्यसम्पादन मुल्यांकन विवरण र सिलवालले सार्वोच्चमा पेस गरेको विवरण बाँजिएपछि सरकारी कागजात किर्ते गरेको अभियोगमा उनिमाथि छानविन समिति गठन भएको थियो  । यही छानविन समितिको निर्देशनमा शिलवाललाई पक्राउ गरिएको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।