भुकम्पको २ वर्ष, पुर्ननिर्माणको स्थलगत निरीक्षमा सिंगटीमा सीईओ पोखरेल

 आवाज संवाददाता     १२ बैशाख २०७४, मंगलवार

दोलखा, १२ बैशाख
विनासकारी भुकम्पको सामना गरेको आज २ वर्ष वितेको छ । बैशाख १२ गते आज भुकम्पले क्षति पु¥याएको २ वर्ष पूरा हुन्छ । बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर भुकम्प गए तापनि त्यसको पराकम्पन बैशाख २९ गते दोलखाको सुनखानी केन्द्रविन्दुले सबैभन्दा बढी सिंगटी आसपासमा क्षति पु¥याएको हो ।
भुकम्पले क्षति पु¥याएको निजी आवास र भौतिक संरचनाको स्थलगत अवलोकनका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेल मंगलबारै सिंगटी आइपुगेका छन् । डा. पोखरेल नेतृत्वमा पुर्ननिर्माणसँग सम्बन्धित दोलखाका कार्यालयका प्रतिनिधिहरु समेत उनीसँगै लागेका छन् ।
प्रमुख कार्याकारी अधिकृत डा पोखरेलले दोलखाको लापिलाङ, लामिडाँडा, बाबरे, कालिञ्चोकको निजी आवास पुर्ननिर्माणको अवस्थाको निरीक्षण गरी स्थानीयसँग छलफल समेत गरे । त्यस्तै गरी सिंगटीमा नदी तटबन्द र निजी घरको पुर्ननिर्माण अवलोकन गरी कारितास नेपालले पुर्ननिर्माणका लागि दिएको दोस्रो किस्ता रकम समेत हस्तान्तरण गर्ने कार्यक्रम छ । तर कारितासले २ महिना अघि देखि नै दोस्रो किस्ता रकम वितरण गर्दै आएको छ ।
त्यसपछि दोलखा बजारको पुरातात्विक सम्पदाको पुर्ननिर्माणको अवस्थाको बारेमा निरीक्षण गर्ने कार्यक्रम भएको पुर्ननिर्माण प्राधिकरण दोलखा क्षेत्रीय कार्यालय प्रमुख सागर आचार्यले जानकारी दिए । दोलखाको त्रिपुरा सुन्दरी मन्दिर, भण्डार कक्षको स्वीस सरकारको सहयोगमा पुर्ननिर्माण हुने भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF