नयाँ शक्ति र फोरमबीच संयुक्त निर्वाचन समन्वय संयन्त्र गठन

 आवाज संवाददाता     १५ बैशाख २०७४, शुक्रबार

काठमाडौं, १५ वैशाख । नयााँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पहिलो चरणको स्थानीय निर्वाचन प्रभावकारी बनाउन संयुक्त निर्वाचन समन्वय संयन्त्र गठन भएको छ ।

शुक्रबार बसेको संयुक्त केन्द्रीय संयोजन समितिको बैठकले निर्वाचन परिचालन र संयोजनका लागि १२ सदस्यीय संयन्त्र गठन गरेको हो । एक हातले समातेको मसाल चिन्ह लिई पार्टीको तर्फबाट खडा भएका उम्मेदवारलाई विजयी बनाउन हर सम्भव प्रयास गर्न संयुक्त रुपमा संयूक्त पार्टी पंक्ति परिचालन हुने तथा आपसी विवादहरु आएमा स्थानीय तहमै समाधानको प्रयास गर्ने र समाधान हुन नसके विवाद समाधानका लागि केन्द्रीय संयन्त्रमा पठाउन बैठकले मातहतका तहलाई निर्देशन दिएको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

संयन्त्रमा नयाँ शक्तिबाट रामचन्द्र झा, दुर्गा सोब, देवेन्द्र पौडेल, परशुराम तामाङ, र खिमलाल देवकोटा रहेका छन् भने संघीय समाजवादीका तर्फबाट हेमराज राई, दानबहादुर विक, अजम्बर राई काङबाङ गणेश योन्जन, लालध्वज तारमाङ छन् ।

यस्तो छ संयुक्त विज्ञप्ति:

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF