एमाले कार्यकर्ताद्वारा आफ्नै कार्यालयमा तालाबन्दी

 आवाज संवाददाता     १७ बैशाख २०७४, आईतवार

मेलम्ची, वैशाख १७– नेकपा (एमाले) सिन्धुपाल्चोकमा प्रमुखको विषयलाई लिएर एमाले कार्यकर्ताले आफ्नै पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

एमाले स्थायी कमिटीले मेलम्ची नगरपालिकाकोे प्रमुखमा डम्बर अर्याललाई उम्मेदवार बनाउने निर्णयसँगै एमाले कार्यकर्ताभित्रका असन्तुष्ट पक्षले क्षेत्रीय कार्यालय मेलम्चीमा तालाबन्दी गरेका हुन् ।

मेलम्ची नगरपालिका प्रमुख पदका लागि जिल्लाबाट धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागार्इं, बालकृष्ण देउजालाई केन्द्रमा सिफारिस गरिएको थियो । तर एमाले स्थायी कमिटीले अर्याललाई उठाउने निर्णय गरेसँगै तालाबन्दी गरेको एमालेका एक नेताले जानकारी दिए ।

प्रमुखका लागि सबैको माग धर्मकृष्ण श्रेष्ठ भएको र पार्टीले जनभावना विपरीत निर्णय गरेको भन्दै एमाले कार्यकर्ताले आपत्ति जनाएका छन् ।

हरेक क्षेत्रमा पार्टीले एउटै व्यक्तिलाई मात्र सिफारिस गर्ने गरेको भन्दै करिब २०० जना कार्यकर्ताले क्षेत्रीय पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यसैबीच असन्तुष्ट श्रेष्ठको नेतृत्वमा आज सिन्धुपाल्चोकबाट करीब २०० को हाराराहीका कार्यकर्ता ललितपुरको च्यासलमा रहेको तीन नम्बर प्रदेशको कार्यालयमा पुगेर घेराउ गरेका छन् । उनीहरुल पार्टीले जनभावना विपरीत गरेको निर्णय मान्य नहुने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF