नयाँ शक्तिको नाराः ‘अरुले गर्छन् कुरा, हामी गर्छौं पूरा !’ (घोषणापत्रको पूर्णपाठसहित)

 आवाज संवाददाता     १८ बैशाख २०७४, सोमबार

काठमाडौ, बैशाख १८ –नयाँ शक्ति पार्टी, नेपालले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नयाँ शक्तिले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा आर्थिक बृद्धिलाई सवैभन्दा बढि जोड दिएको छ ।
उसले सार्वजनिक गरेको प्रतिवद्धता प्रत्रमा ५ वर्ष देखि २५ वर्षसम्मका योजना तयार गरेको छ ।

नयाँ शक्तिले २५ बर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुर्याउने परिकल्पना गरेको छ ।

त्यस्तै ५ वर्षमा कुल ग्रार्हस्थ बचत कुल ग्रार्हस्थ उत्पादनको २० प्रतिशत पुर्याउने प्रतिबद्धता पनि जनाएको छ ।

बार्षिक तीन लाख रोजगारी रोजगारी सिर्जना गरी रोजगारीमा जानेको संख्या प्रतिदिन ५०० मा झार्ने, १५ बर्ष मुनि र ६५ बर्षमा माथिकालाई निशुल्क स्वास्थ्य सेवा प्रबाह गर्ने, विद्यालय जाने उमेरका बालबालिका विद्यालय जाने प्रतिशतलाई शत प्रतिशत पु¥याउने र उच्च माध्यमिक तहमा पढ्नेहरुको प्रतिशत ८० पु¥याउने सुचाङक सार्वजनिक गरेको छ । नयाँ शक्तिले प्रत्येक घरमा केन्द्रीय ग्रिडको विद्युत पुर्याउन ५ बर्षमा ४ हजार मेगावाट विद्युत उत्पादन गरिने तथा साथै प्रत्येक घरमा ब्रोडब्याण्ड इन्टरनेट कनेक्टिभिटी पु¥याउन सकिने व्यवस्था गरिने जनाएको छ ।

एकीकृत बस्ती विकास र शहरी विकास गरी शहरी विकास सूचकाङ्क ७५ प्रतिशत भन्दा माथि हुने शहरी जनसंख्या ३० प्रतिशत पु¥याउने उसको योजना छ । दुईवटा उत्तर–दक्षिण आर्थिक करिडर सञ्चालनमा ल्याउने योजना बनाएको नयाा शक्तिले पर्यटन क्षेत्रको आधुनिकीकरण गरी वार्षिक रूपमा नेपाल आउने पर्यटकहरूको संख्या २० लाख पु¥याउने लक्ष्य लिएको छ । खेलकुदको विकासको लागि एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला, एक खेलकुद महाविद्यालय, प्रत्येक प्रदेशमा १/१ वटा रङ्गशाला बनाउने योजना सार्वजनिक गरेको छ ।

५१ पृष्ठ लामो घोषणा पत्रमा ‘अवको निकाश, आर्थिक विकास–समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने मुख्य नारा तय गरिएको छ । ५ देखि २५ बर्षभित्र गर्न आर्थिक विकासका लागि गर्न सकिने कामदेखि स्थानीय सरकार कसरी चलाउने भन्नेसम्मका विषय प्रतिबद्धता पत्रमा समेटिएको छ ।

आर्थिक क्रान्तिका विशेष प्रतिवद्धता

आर्थिक क्रान्तिको लहर ल्याउन सबै विकासविरोधी पुराना सोंच, शैली, नियम कानून, प्रणालीलाई निर्ममतापूर्वक भत्काएर नयाँले विस्थापन गर्न जरुरी रहेको नायाँ शक्तिको निश्कर्ष छ । उसले विश्वभर र नेपालका सर्वश्रेष्ठ विकास विज्ञहरुको सहयोग र निजी क्षेत्र समेतको सहभागितामा नेपालमा तीब्र आर्थिक क्रान्तिको रणनीतिक योजना र त्यसनिम्ति आवश्यक नीतिगत, कानूनी, संस्थागत परिवर्तनको कार्ययोजना बनाएर कडाइपूर्वक कार्यान्वयन गर्ने आफ्नो प्रतिबद्धतामा उल्लेख गरेको छ । उसले घोषणापत्रमा भनेको छ,

राजनीति दलमाथि नयाँ शक्तिको १२ हमला : काँग्रेस, एमाले, माओवादी र राप्रपामाथि यस्ता छन् हमला

– भारत, चीन लगायत सबै देशहरुसँग विप्पा सम्झौता गरिनेछ । प्रमुख औद्योगिक मुलुकहरुमा लगानी सम्मेलन गरेर लगानीकर्ताहरु आकर्षित गरिने ।

– विकासमैत्री वातावरण निर्माण गर्न आवश्यक प्रशासनिक र कानूनी सुधार गरिने त्यसका लागि भन्सार महशुल, अन्तशुल्क, आन्तरिक कर र मूल्य अभिबृद्धि करको वैज्ञानिक समायोजन गरिने

–नागरिकता, मतदाता परिचयपत्र लगायत सबै कानूनी प्रक्रियामा प्रयोग हुन सक्ने गरी एउटै र आधुनिक नागरिक परिचयपत्रको व्यवस्था गरिने ।

नयाँ शक्तिका यस्ता छन् ‘स्मार्ट नगरपालिका’ योजना

आर्थिक विकास र समृद्धिका लक्ष्यहरू

–नयाँ शक्ति पार्टीले समृद्ध मुलुक निर्माणका लागि ५ वर्षे, १५ वर्षे र २५ वर्षे लक्ष्यहरू तय गरेको छ । त्यसमा अवको ५ वर्ष अर्थात् सन् २०२२ सम्ममा आम गरीवीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नती गर्ने जनाएको छ । सन् २०३० सम्ममा दीगो विकासका लक्ष्यहरू हासिल गर्दै नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पु¥याउने र सन् २०४० सम्ममा मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा पु¥याउने नयाँ शक्तिले आफ्नोघोषणापत्रमा समेटेको छ ।

लगानीका स्रोतहरू

– मुलुक भित्र र वाहिर रहेका नेपालीहरुको आम्दानी, मूलतः उपभोगमा खर्च गर्ने प्रवृत्तिलाई वचत गर्न प्रोत्साहन गर्ने र उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाइने नयाँ शक्तिले जनाएको छ ।

–विदेशी प्रत्यक्ष लगानीको लागि उपयुक्त वातावरण तयार गरिनेछ । यसरी सरकारी तथा निजी, स्वदेशी तथा विदेशी लगानीलाई प्रभावकारी तरिकाले परिचालन गरी, सन् २०२२ सम्म स्थीर पूँजीको अंश कूल गार्हस्थ उत्पादनको ३५ प्रतिशत, सन् २०३० सम्म औसतमा ४० प्रतिशत र सन् २०४० सम्ममा ४५ प्रतिशत पु¥याएर दुई अंकको वृद्धिदर हासिल गरिनेछ ।

सिर्जना गरिने रोजगारीको संख्या

वैदेशिक रोजगारीमा जान वाध्य पचासौं लाख युवाहरुलाई स्वदेशमै रोजगारी दिने ठोस योजनालाई नयाँँ शक्ति नेपालले मुख्य प्राथमिकता दिएको छ । जसअनुसार पूर्वाधार विकास, कृषि तथा पशुपालन, औद्योगिक तथा सेवामूलक क्षेत्र, सरकारी क्षेत्रबाट सिर्जना हुनसक्ने अनुमानित रोजगारी तल तालिकामा दिइएको छ ।

यसरी वार्षिक ३ देखि ५ लाखसम्म मुलुकमा रोजगारी सिर्जना गरिने उसको दावी छ । नयाँ शक्तिले पुर्वाधार विकास, कृषि, पशुपालन, पर्यटन व्यापार, होटल, सरकारी सेवा लगायतलाई रोजगारको माध्यम बनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।