दोलखामा काँग्रेस एमालेले खाता खोले

 आवाज संवाददाता     २० बैशाख २०७४, बुधबार

दोलखा, २० बैशाख
दोलखामा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस र एमालेले जितको खाता खोलेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेले एक एक जना दलित महिलाको सिटमा निर्विरोध विजयी भएका छन् ।
वैत्यश्वर गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेस र जिरी नगरपालिकामा एक उम्मेद्वार निर्विरोध निर्वाचित भएकी छिन् । वैत्यश्वर गाउँपालिका १ की ठूलीकान्छी विक र जिरी नगरपालिका वडा नं. ४ की दलित महिला ५६ वर्षीया निरमाया विक निर्विरोध भएका हुन् । दलित महिला कोटामा अन्य कसैको उम्मेद्वारी नपरेपछि विक निर्विरोध भएकी निर्वाचन अधिकृत दिपेन्द्र काफ्लेले जानकारी दिए । विक नेकपा एमालेको तर्फबाट उम्मेद्वार भएकी थिइन् ।
त्यसैगरी कालिन्चोक गाउँपालिका वडा नं ६ मा एमालेका दलित महिला सदस्य पनि निर्विरोध निर्वाचित भइकी छन् । अन्य पार्टीबाट उम्मेद्वारी नपरेपछि एमालेको तर्फबाट छत्रमाया विक निर्विरोध भएकी हुन् ।
तर भीमेश्वर नगरपालिका वडा नं ९ मा भने दलित महिला सदस्य खाली भएकाे छ । साे वडामा दलितहरू नभएका कारणा दिलत महिला सदस्य खाली भएकाे हाे ।
जिरी नगरपालिकाको ९ वडा समेत गरी १ सय ६१ जनाको उम्मेद्वारी परेको छ । मेयर उपमेयर सहित ९ वडामा ४७ पदका लागि निर्वाचन हुन्छ । जस मध्ये जिरीमा मेयरमा ८ जना, उपमेयरमा ६ जनाको उम्मेद्वारी परेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF