नयाँ शक्तिले तोक्यो ३ उपाध्यक्ष

 आवाज संवाददाता     १४ असार २०७३, मंगलवार

काठमाडौं – नयाँ शक्ति नेपालले डा। बाबुराम भट्टराई पछि तीन नेतालाई सह संयोजक बनाएको छ ।

मधेसबाट रामचन्द झा, आदिवासी जनजातिबाट महेश कोर्मचा र दलित तथा महिलाबाट दुर्गा सोभलाई सह–संयोजक बनाइएको प्रवक्ता खिमलाल देवकोटाले बताए ।

केही दिनदेखि जारी नयाँ शक्तिको केन्द्रीय सचिवालयको बैठकमा संयोजक भट्टराईले संयोजकहरुको प्रस्ताव गरेका थिए । केही नेताको असन्तुष्टिबीच तीन नेतालाई सह संयोजक बनाइएको हो ।
नयाँ शक्तिका अर्का सदस्य पासाङ शेर्पाले सम्बृद्धिको लागि समानुपातिक, समावेसी नयाँ शक्ति नेपालमा तीन उपाध्यक्ष भएको बताए । “उमेर र अनुभबको सम्मान यहाँ छ”, उनले भने “फरक पृ्ष्ठभुमीको सहभागिता यहाँ छ ।” उनले युवाको उत्साह यहाँ भएको बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।