दाेलखाका २ नगरपालिकामा २ पत्रकार उम्मेद्वार

 आवाज संवाददाता     २० बैशाख २०७४, बुधबार

दोलखा, २० बैशाख

स्थानीय तह निर्वाचनमा पत्रकारहरुले पनि उम्मेद्वारी दर्ता गराएका छन् । विभिन्न राजनैतिक दल निकट रहेर काम गरेका पत्रकारहरुले स्थानीय तहको निर्वाचनमा आफू आवद्ध दलबाट टिकटका लागि दौडमा रहे तापनि २ दोलखाका दुई जना पत्रकारले टिकट लिन सफल भएका छन् ।
भीमेश्वर नगरपालिका उपमेयरमा पत्रकार राजनबहादुर शिवाकोटीलाई राप्रपाले टिकट लिएको छ । उनले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् । शिवाकोटी विगत १० वर्षदेखि दोलखाको पत्रकारितामा क्रियाशिल छन् । उनले नवतरङ्ग साप्ताहिक प्रकाशन गर्दै आएका छन् । भीमेश्वर नगरपालकामा प्यानलै राप्रपाले उम्मेद्वारी दर्ता गराए तापनि कुनै दलहरुसँग तालमेल गर्दा आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । उपमेयरमा अन्य पार्टीहरुले प्रमुख पुरुष र उपमेयरमा महिलालाई उम्मेद्वारी दर्ता गराए तापनि राप्रपाले उनलाई नै मेयरको टिकट दिए तापनि आफैंले महिलालाई मेयर पदमा अघि सारेर आफू उपमेयरमा उम्मेद्वारी दर्ता गराएका हुन् ।
भीमेश्वर नगरपालिकामा शिवाकोटी एकमात्र उपमेयरका पुरुष उम्मेद्वार हुन् । त्यस्तै जिरीबाट पत्रकारिता गर्दै आएका गौतम जिरेल जिरी नगरपालिका वडा नं. ६ को वडा अध्यक्षको उम्मेद्वार बनेका छन् । उनलाई नेकपा माओवादी केन्द्रले वडा अध्यक्षको टिकट दिएको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF