कतै उम्मेद्वार नै कर्मचारी, कतै उम्मेद्वारका भाई कमचारी

 आवाज संवाददाता     २२ बैशाख २०७४, शुक्रबार

दोलखा २२ बैशाख

स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदको उम्मेदवार बनेका ब्यक्तिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावमा सहायक कर्मचारीको रुपमा खटाएको छ।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ स्थित सुन्द्रावतीका वडाध्यक्ष उम्मेदवार घनश्याम सेढाईलाई सोही गाउँपालिकाको १ नम्बर वडा स्थित गाविस भवन (क) मतदान केन्द्रमा सहायक कर्मचारीको रुपमा खटाईएको हो। शुक्रबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाभरका मतदान केन्द्रहरुमा खटाईएका कर्मचारीको नामावलीमा उनको नाम प्रकाशन गरेको हो।

जागरण भीमेश्वर प्रावि भीमसेनस्थान सुन्द्रावतीका प्रावि शिक्षक रहेका सेढाई नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका छन्। उम्मेदवार हुनु अघि उनले शिक्षा कार्यालयमा राजिनामा दिएका थिए।
त्यसैगरी वैत्यश्वर गाउँपालिका वडा नं. ८ को क्षेत्रवती मावि मतदान केन्द्र (ख) मा वडा अध्यक्षका प्रत्याशीका आफ्नै भाई कर्मचारी बनेका छन् । नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार हरिबहादुर जिरेलका भाई स्वास्थ्य चौकी मालीमा कार्यरत अहेव पृथबहादुर जिरेल सहायक मतदान अधिकृतको रुपमा आफ्नै गाउँ खटिएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले यसबारे केही त्रुटी भएकाे स्वीकार गर्दै सच्याउने बताए ।

खटिएका कर्मचारीकाे सूचीका लागि यहाँ  क्लिक गर्नुहाेस् 

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।