अज्ञात समूहले चरिकोटमा गाडी जलाए

 आवाज संवाददाता     २६ बैशाख २०७४, मंगलवार

दोलखा २६ बैशाख
भीेमेश्वर नगरपालिका ६ चोथाङमा अज्ञात समूहले मध्यरात एउटा गाडीमा आगजानी गरेको छ । आगजानीबाट गाडीको अगाडिको भाग पूर्ण रुपमा जलेको छ । जलेको गाडी लामोसाँघु–जिरी सडक विस्तार आयोजनाको परामर्शदाता इटेको नेपालको बा ९ च १०८० नम्बरको निशान कम्पनीको नाभारा गाडी हो ।
परामर्शदाता कम्पनीको सम्पर्क कार्यालय अगाडि पार्किङ गरी राखेको गाडी गए राती करिब १ बजेतिर आगो लागेको देखेपछि स्थानीय जम्मा भई निभाएका थिए । गाडी कुन समूहले जलाएको हो वा आफैं आगो लागेको भन्ने अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
परामर्शदाता इटेको नेपाल सडक आयोजना इकाइ प्रमुख राजबाबु खड्काले गाडी आफैं जलेको वा जलाइएको भन्ने बारे विस्तृत अनुसन्धान गरिने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।