स्थानीय चुनावले झण्डा र व्यानरको कारोबार बढ्यो

 आवाज संवाददाता     २६ बैशाख २०७४, मंगलवार

दोलखा, २६ बैशाख

स्थानीय निर्वाचनको मिति नजिकीएसँगै पार्टीको झण्डा र व्यानपरको व्यवसाय फस्टाएको छ । १५ दिन यता दोलखामा भएका चुनाव प्रचार प्रसारका लागि प्रयोग हुने सामाग्रीका लागि व्यवसायीहरुलाई भ्याई नभ्याई भएको छ ।
चुनाव प्रचार प्रसारमा प्रयोग हुने सामाग्री बनाउनका लागि कुनै दिन व्यवसायी र मजदुरहरु २४ सैं घण्टासम्म खटिने परेको छ । राजनैतिक पार्टीले यस पटक चुनाव प्रचार प्रसारका लागि सबैभन्दा बढी पार्टी र निर्वाचन चिन्ह अंकित झण्डा, फ्लेक्स व्यानर, टिसर्टको प्रयोग भएको छ । स्थानीय निर्वाचनमा मतदाताहरुका लागि मतदानमा नझुक्उिन भनेर पार्टीका उम्मेद्वार र कार्यकर्ताहरुले घर घर र व्यक्तिव्यक्तिलाई मतदाता शिक्षाका लागि चिन्ह चिनाउनका लागि नमूना मत पत्र छपाई बढेको छ ।
मतदातालाई चिन्ह चिनाउनका लागि उम्मेद्वारहरुले फ्लेक्स व्यानर र नमूना मत पत्र समेत लिएर आफ्नो पार्टी र उम्मेद्वारको चिन्ह चिनाउँदै मत मागेर मत माग्न घरदैलोमा कार्यकर्ताहरु खटिएका छन् । त्यसका लागि पनि प्रचार समाग्रीको बढी प्रयोग भएका छन् ।
चरिकोटमा रहेका ५ वटा पसलबाट मात्र १५ दिनमा झण्डा र फ्लेक्सबाट मात्र २ करोड बढीको कारोबार भएको छ । १५ दिनमा एउटै पसलबाट ५० लाखसम्मको व्यवसायिक कारोबार भएको छ । अवार्ड प्वाइन्ट चरिकोटका सञ्चालक अमिर बस्नेतले १५ दिनमा त कहिलेकाँही चिया पिउने फुर्सद समेत भएन । ३ दिन २४ सैं घण्टासम्म काम गरेको उनले बताए ।
उम्मेद्वारहरुको पोष्टर र नमूना मतपत्र र स्थानीय उम्मेद्वारहरुको प्रतिबद्धता पत्र छपाईमा समेत स्थानीय प्रेसहरु उत्तिकै व्यस्त छन् । ए टु जेट प्रेसकका सञ्चालक माधवप्रसाद न्यौपानेले दुई हप्तादेखि प्रेसमा फुर्सद पनि नभएको बताए । उम्मेद्वारहरुले फ्ेक्स, सामाजिक सञ्जाल र स्थानीय रेडियोबाट आफ्नो मतदातासम्म सन्देश पु¥याउने माध्यमको प्रयोग बढेपछि पोष्टरको छपाई चाँही घटेको छ ।
ग्रामीण सडक हरेक टोलटोलमा खुलेपछि हरेक उम्मेद्वारहरुले निजी गाडीको प्रयोग बढाएका छन् । मत माग्नका लागि उम्मेद्वार चढ्ने, कार्यकर्ता बोक्नेका लागि गाडीको माग बढेपछि बजारमा साना गाडीको अभाव भएको छ । नगर तथा गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्षदेखि वडासदस्यसम्मले छुट्टाछुट्टै गाडी प्रयोग गरेपछि कहिलेकाँही आपत्कालिन अवस्थामा समेत गाडी नपाउने अवस्था भएको हो । भएका केही निजी गाडी समेत अन्य दिन भन्दा दोब्बर तेब्बर भाडा असुल्न थालेका छन् ।
गाउँ गाउँमा घुम्नका लागि गाडीको बढी प्रयोग हुन थालेपछि यातायात समितिहरुले नियमित क्यूमा सञ्चालन गर्ने गाडी समेत बन्द भएका छन् । क्यूमा चल्ने गाडी बैशाख ३१ गतेसम्मका लागि पार्टीहरुले रिर्जभमा लिएपछि क्यूमा चलाउने गाडी नै नभएको रोल्वालिङ यातायात सहकारी संस्थाका काउण्टर क्लक तिलक थापाले बताए । दोलखादेखि काठमाडौंमा चल्ने अरनिको र रोल्वालिङका जिप सेवा गाडी अभावमा बन्द भएका छन् ।
दोलखा जिल्लाभर ४ सय वटा भाडामा चल्ने निजी जिप भए तापनि अहिले सबै उम्मेद्वारहरुले प्रयोग गरेका छन् । कतिले साना गाडी नपाउँदा ट्रक समेत प्रयोग गर्न थालेका छन् । स्थानीयस्तरमा गाडी अभाव भएपछि काठमाडौंबाटसमेत ५० वटा बढी गाडी मगाएर चलाएको स्थानीय उम्मेदेवारहरु बताउँछन् । तैपनि गाडी अभावै भएको उनीहरुले बताए । हरेक गाडीमा राखेर आफ्नो पार्टी र उम्मेद्वारहरुको गीत सुनाउँनका लागि इलेक्ट्रोनिक सामानको व्यापार समेत बढेको छ । दोलखाको २ नगरपालिका र ७ गाउँपालिकाका ७४ वडामा १ हजार २ सय ८७ उम्मेद्वार रहेका छन् । त्यसमध्ये ३ जना दलित सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।