कालिञ्चोक गाउँपालिकाका मतदाता चढेको बस दुर्घटना २ को ज्यान गयो

 आवाज संवाददाता     २८ बैशाख २०७४, बिहीबार

२८ वैशाख, दोलखा। स्थानीय तहको चुनावका लागि मतदाता बोकेर कालिञ्चोक गाउँपालिकातर्फ जाँदै गरेको बस विहीवार अपरान्ह सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नेकपा माओवादी केन्द्रले रिजर्भ गरेर लगेको बस बा३ख ५०५६ नं. को बस लामोसाँघु जिरी सडकखण्डको ३ किलो भन्ने ठाउँमा सडकबाट खसेको थियो ।
दुर्घटनामा दोलखा लामिडाँडा साविक वडा नम्बर ४ का मुक्तिनाथ घिमिरे र उनकी पत्नी रत्नकुमारी घिमिरेको मृत्यु भएको सिन्धुपाल्चोकका एसपी रविन्द्र केसीले बताएका छन्

दुर्घटनामा परि करीव डेढ दर्जन माओवादी कार्यकर्ता र समर्थक घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई काठमाडौं लगिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF