नयाँ शक्ति नयाँ कार्यविभाजन, कसको जिम्मेवारी के छ ? (विस्तृत)

 आवाज संवाददाता     १४ असार २०७३, मंगलवार

NayaShakti-Meetingनयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद् सचिवालय केन्द्रीय कार्यसमितिमा रुपान्तरित भएको छ ।

राजधानीमा मंगलबार सम्पन्न सचिवालयको चार दिने बैठकले सचिवालयलाई केन्द्रीय कार्यसमितिमा रुपान्तरण गर्ने तथा ९९ सदस्य नबढ्ने गरी महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको हो ।

 

केन्द्रीय समितिको संयोजकमा डा. बाबुराम भट्टराई यथावत छन् । सह-संयोजकमा भने रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोवलाई चयन गरिएको नयाँ शक्ति नेपालले जानाएको छ ।

केन्द्रीय कार्यकारी समितिको कार्यविभाजन

I. विभाग/समिति/संयन्त्र/आयोग

१. राजनीतिक समिति
संयोजक – डा. बाबुराम भट्टराई
सहसंयोजक – रामचन्द्र झा, महेश कोर्मोचा

२. राष्ट्रिय मामिला संयन्त्र
संयोजक – परशुराम तामाङ

३. अनुशासन आयोग
संयोजक – परशुराम खापुङ

४. राजनीतिक संवाद समिति
संयोजक – मुमाराम खनाल

५. संगठन विभाग
संयोजक – देवेन्द्र पौडेल

६. संसदीय मामिला विभाग
संयोजक – केशव दाहाल

७. सचिवालय व्यवस्थापन तथा अनुगमन विभाग
संयोजक – वामदेव क्षेत्री
सहसंयोजक – सविना अर्याल

८. प्रशिक्षण विभाग
संयोजक – डम्बर खतिवडा

९. नीति अध्ययन तथा अनुसन्धान विभाग
संयोजक – डा. केशवमान शाक्य

१०. आर्थिक व्यवस्थापन तथा सुशासन विभाग
संयोजक – रामेश्वर खनाल

११. अन्तर्राष्ट्रिय विभाग
संयोजक – हिसिला यमी

१२. सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग
संयोजक तथा प्रवक्ता – खिमलाल देवकोटा

१३. शहीद तथा वेपत्ता परिवार, घाइते/अपांग एवं द्वन्दप्रभावित परिवार व्यवस्थापन विभाग
संयोजक – ध्रुव पराजुली

१४. संघीय मामिला तथा स्थानीय विकास विभाग
संयोजक – रामकुमार शर्मा

१५. सुरक्षा विभाग
संयोजक – गणेश राई

१६. महिला विभाग
संयोजक – कल्पना धमला

१७. युवा विभाग
संयोजक – देवेन्द्र पराजुली

१८. खेलकुद विभाग
संयोजक – नारायणराज पाण्डे

१९. साँस्कृतिक विभाग
संयोजक – करिष्मा मानन्धर

२०. श्रम, सहकारी तथा स्वरोजगार विभाग
संयोजक – डा. प्रदीपमान तुलाचन

२१. कृषि, वन तथा भूमि मामिला विभाग
संयोजक – मदन राई

२२. उद्योग, वित्त, वाणिज्य विभाग
संयोजक – जनक शाह

२३. पर्यटन विभाग
संयोजक – अशोक शर्मा

२४. शिक्षा तथा विज्ञान प्रविधि विभाग
संयोजक – डा. राजेन्द्र केसी

२५. स्वास्थ्य तथा योग साधना विभाग
संयोजक – डा. प्रवीण मिश्र

२६. जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विभाग
संयोजक – हरिराम कोइराला

२७. कानुन तथा मानवअधिकार विभाग
संयोजक – मुक्ति प्रधान

२८. गैर–सरकारी संघसंस्था संयोजन विभाग
संयोजक – दुर्गा सोव
सहसंयोजक – लिली थापा

२९. दलित, अल्पसंख्यक तथा समाजकल्याण विभाग
संयोजक – सुशीला सिर्पाइली

३०. सदाचार आयोग (Ethics Commission)
संयोजक – नाथुप्रसाद चौधरी

II. प्रादेशिक/आंगिक संगठन
१. प्रदेश नं. १
संयोजक – पासाङ शेर्पा

२. प्रदेश नं. २
संयोजक – महेन्द्र पासवान

३. प्रदेश नं. ३
संयोजक – गंगानारायण श्रेष्ठ

४. प्रदेश नं. ४
संयोजक – वलावती शर्मा

५. प्रदेश नं. ५
संयोजक – सुरेन्द्र चौधरी

६. प्रदेश नं. ६
संयोजक – भक्तबहादुर शाह

७. प्रदेश नं. ७
संयोजक – लीलादेवी भण्डारी

८. विदेश/प्रवास शाखा
संयोजक – नवराज सुवेदी

९. आंगिक संगठन तथा पेशागत संयन्त्र
संयोजक – कुमार पौडेल

१०. उपत्यका सम्पर्क संयन्त्र
संयोजक – वीरेन्द्रकुमार पोखरेल
सहसंयोजक – कृष्ण शर्मा

११. आंगिक संगठन उत्प्रेरक
क) किसान – सोनामछिरिङ शेर्पा
ख) मजदूर – कुमार पौडेल
ग) विद्यार्थी – मुमाराम खनाल
घ) महिला – कल्पना धमला
ङ) भूपू सुरक्षाकर्मी – नारायणराज पाण्डे

 

साथै बैठकले रंगशालामा गत महिना आयोजित पार्टी घोषणासभा भव्यरुपमा सम्पन्न भएको निष्कर्ष निकाल्यो । यस्तै राष्ट्रिय भेलाबाट गठित कार्यदलले परिमार्जन सहित पेश गरेको विधान प्रतिवेदनसमेत पारित भएको छ । जसमा पार्टीका सबै निकायमा प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्ने उल्लेख छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।