व्यवसायीहरु स्थानीय निर्वाचनमा निर्वाचित

 आवाज संवाददाता     ६ जेष्ठ २०७४, शनिबार

दोलखा, ६ जेठ

स्थानीय निर्वाचनमा व्यवसायिहरु पनि गाउँपालिका र वडा अध्यक्षमा निर्वाचित भएका छन् । बैशाख ३१ गते भएको निर्वाचनमा विगू गाउँपालिका अध्यक्षमा निर्माण व्यवसायी युधिष्टिर खड्का निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार बनेका थिए ।
त्यसैगरी दोलखा निर्माण व्यवसायी संघका अध्यक्ष रामेश्वर उप्रेती शैलुङ गाउँपालिका वडा नं. ८ का अध्यक्ष निर्वाचित भए । दोलखा निर्माण व्यवसायी संघकै वरिष्ठ उपाध्यक्ष सम्शेर घिसिङ वैत्यश्वर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष निर्वाचित भए । वैत्यश्वर गाउँपालिका वडा नं. ३ का अध्यक्षमा अर्का निर्माण व्यवसायी कृष्णबहादुर दाहाल निर्वाचित भए ।
जिरी नगरपालिका वडा नं. १ का अध्यक्षमा लाक्पा शेर्पा निर्वाचित भ एभने गौरीशंकर गाउँपालिका वडा नं. ४ को वडा अध्यक्षमा प्रह्लाद कार्की निर्वाचित भए । कार्की अटो मोबाइल व्यवसायी हुन् । वैत्यश्वर गाउँपालिका ८ मा अर्का व्यवसायी रमेश अधिकारी निर्वाचित भए । भीमेश्वर नगरपालिका ५ माको वडा अध्यक्षमा रामचन्द्र बस्नेत निर्वाचित भए । उनी स्टेशनरी व्यापारी हुन् । बस्नेत र अधिकारी बाहेक सबै व्यवसायीहरु काँग्रेसका तर्फबाट उम्मेद्वार बनेका हन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।